कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित

काठमाडौं । सरकारले कक्षा ११र १२ को परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण अनिश्चित कालका लागि वार्षिक परीक्षा स्थगित भएको हो ।
कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।

कोरोना संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।