नेपाल कोरोनाको उच्च जोखिममा, सावधानी अपनाएनौं भने भयावह स्थिति : प्रधानमन्त्री

काठमाडौं २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएका छन् । देशबासीको नाममा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले ९ जना संक्रमित देखिए पनि हामी उच्च जोखिममा रहेको भन्दै सावधानी अपनाएनौं भने भयावह स्थिति हुनसक्ने बताए ।

लकडाउनले महामारी फैलिन नदिने अभियानमा ठूलो सहयोग पुगेको बताउँदै लकडाउनको असुविधाप्रति आफू सम्वेदनशील रहेको समेत जनाए । उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने पनि बताएका छन् । उनले यस महामारीविरुद्धको युद्धमा सामाजिक दुरी सबैभन्दा उपयोगी रहेको भन्दै घरभित्रै बस्न आग्रह समेत गरे ।
रोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।