फाइलः तस्बीर

काठमाडौं । काठमाडौंमा फेरि एक जनामा कोरोना भाइरसको सक्रमित भेटिएको छ । बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
ती पोजिटिभ देखिएका व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनको विस्तृत विवरण खुलाइएको छैन । यससँगै नेपालमा तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।
यसअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई पोजिटिभ देखिएको थियो भने एक जना पोजिटिभका बिरामी उपचारपछि घर फर्किसकेका छन् । अहिलेसम्म मन्त्रालयको तथ्याङ्कानुसार ६८७ जनाको कोभिड–१९ को नमूना परीक्षण भएकामा ६८४ मा नेगेटिभ देखिएको छ ।