खोटाङ २६ मंसिर
खोटाङमा प्रस्ताबित साकेला गाउँपालिका अन्तरगत मात्तिमका स्थानीयले केन्द्र परिवर्तन नगर्न माग गरेका छन् । 
स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले मात्तिमको मानेभञ्ज्याङ केन्द्र रहनेगरी बाँझेच्यानडाँडा, रतन्छा, खिदिमा, मात्तिम र टेम्मा गाबिस समेटेर प्रस्ताव गरेको गाउँपालिकाको केन्द्रलाई यथावत राख्न माग गरेका हुन् । 
गाउँपालिकाको केन्द्र परिवर्तनका लागि लबिङ सुरु भएको भन्दै मात्तिमका स्थानीयले आईतबार प्राबिधिक समिति समक्ष ज्ञापनपत्र बुझाउँदै केन्द्रलाई परिवर्तन नगर्न ध्यानाकर्षण गराएका छन् ।
 साकेला गाउँपालिकाको केन्द्रका रुपमा मानेभञ्ज्याङ सबैभन्दा उपयुक्त भएको आधार पेश गर्दै उनीहरुले केन्द्र परिवर्तन गरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।