खोटाङ, मंसिर २८ । खोटाङमा अलैंची उत्पादन घटेको छ । रोगको प्रकोपमा कारण आर्थिक वर्ष २०७३/०७४ मा अलैंचीको उत्पादन घटेको कृषि बिकास कार्यालय खोटाङले जनाएको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा ५४० मेट्रिक टन र आर्थिक वर्ष २०७२/०७३ मा ५६४ मेट्रिक टन अलैंची उत्पादन भएको जिल्लामा यस वर्ष घटेर ४४० मेट्रिक टन (११ हजार मन) अलैंची उत्पादन भएको कृषि बिकास कार्यालयका प्राबिधिक सहायक रामभक्त अधिकारीले बताउनुभयो ।
पात सुक्ने, पातमा छिद्रा पर्ने, बोट पहेँलो हुने, बोट सुक्ने, मुना नआउने, खुम्ले किरा र पहेलो कमिला लाग्ने लगायतका समस्यका कारण अलैंची उत्पादन घटेको हो । अलैंचीको उत्पादन सँगै यस वर्ष भाउ समेत ५१ प्रतिशतले घटेको कार्यालयले जनाएको छ । अलैंचीको भाउ प्रतिमन ४०/४५ हजारमा झरेको भनिए पनि बिक्री हुन नसकेको किसानले बताएका छन् ।