यस्तो छ महावीर पुनको आविष्कार केन्द्र र काम

काठमाडौं । महावीर पुन वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रवाह गर्ने तथा इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्ति हुन् । उनले अहिले किर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी विभिन्न आविष्कारका कामहरु गरिहेका छन् । उनी आफैंले आविष्कार गर्ने भन्दा पनि त्यहाँ विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो इनोभेशनको काम गरिरहेका छन् । त्यसमा केन्द्रले सहयोग गर्ने गर्दछ ।