कविता
दिक्तेलमा माया लाएँ च्यानडाँडामा छुटी गयो
चखेवाबाट गाँस्दै आएँ भोजपुरमा टुटी गयो।
सुन्तले र तिन्तलेका सँगै बाच्ने बाचा कसम
लेगुवाघाट तरेपछी सिसाजस्तै फुटी गयो।
ट्याम्के लेकमा उदाएका बिहानीका किरणसँगै
पाख्रीबासमा आउँदा आशा त्यान्द्रो टुटी गयो।
भेडेटारमा रमाउँदा सबै भुले दुःख कष्ट
धरानमा ओर्लेपछि सर्वस्व नै लुटी गयो।
झल्याकझुलुक सपनीमा त्यो पल आइदिदा
क्षितिज पारी तिमी रह्यौ चुम्ने आशा टुटी गयो।
– लक्ष्मी प्रसाद सुवेदी
सेखुवा १, च्यानडाँडा