खोटाङ, २४ माघ । खोटाङमा नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिबिरमा बिद्यार्थी सहित १४० जनाले निशुल्क उपचार सेवा पाएका छन् ।

शेर गण मुढे व्यारेक दिक्तेलले सुर्केडाँडा आधारभुत बिद्यालय बाम्राङमा आईतबार सञ्चालन गरेको स्वास्थ्य शिबिरमा सय जना बिद्यार्थी सहित १४० जनाले गाउँमै उपचार सेवा पाएका हुन् । शिबिरमा ६० जना छात्रा, ४० जना छात्र, २५ जना महिला अभिभाबक र २५ जना पुरुष अभिभाबकको सामान्य स्वास्थ्य परिक्षणका साथै आवश्यक औषधि वितरण गरिएको शेर गण मुढे व्यारेकका निमित्त प्रमुख सेनानी नबिन बोहराले बताए ।
बिद्यालयको आग्रहमा सेनाले एक दिने स्वास्थ्य शिबिर सञ्चालन गरेको हो । शिबिरमा बढिजसो चिसोसँग सम्बन्धित स्वास्थ्य समस्या भएका सर्वसाधारणलाई आवश्यक औषधि वितरण गरिएको गणले जनाएको छ । गणका मेजर अर्थजङबहादुर सिंको नेतृत्वमा गएको मेडिकल टोलीले स्वास्थ्य शिबिर सञ्चालन गरेको हो ।