खोटाङ १९ फागुन । स्थानीय शान्ति समिति खोटाङले आर्थिक वर्ष २०७३÷०७४ मा सञ्चालन गर्ने कार्यक्रमको टुंगो लगाएको छ । शान्ति तथा पुनः निर्माण मन्त्रालयबाट मागमा आधारित कार्यक्रमकादलागि प्राप्त भएको ५ लाख अनुदानबाट जिल्लामा विभिन्न ६ वटा कार्यक्रम गर्ने टुंगो लगाइएको हो । 
शान्ति समितिको कार्यालयमा बुधबार आयोजित बैठकमा द्धन्द्ध पीडितबीचको पुनःमिलन तथा सम्मान कार्यक्रमका लागि १ लाख, नगरपालिका र गाविस स्तरिय शान्ति समितिका संयोजकका लागि द्धन्द्ध व्यवस्थापन, मेलमिलाप, विवाद समाधान, द्धन्द्धका कारण र समाधानका उपायका विषयमा क्षमता विकास कार्यक्रमकालागि १ लाख ९० हजार बजेट प्राप्त भएको जानकारी दिइएको छ । 
यस्तै, शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत सञ्चालन भइरहेको कार्यक्रमको अनुगमनका लागि ५० हजार, शान्तिका लागि रेडियो र पत्रपत्रिकाका लागि ५० हजार, शान्ति समितिको स्मारिका प्रकाशनका लागि ५० हजार र शान्ति निर्माणमा दल, भातृ संगठन तथा युवाको भूमिका बिषयक माबि स्तरिय बक्तृत्व कला प्रतियोगीताका लागि ६० हजार बजेट प्राप्त भएको शान्ति समितिका संयोजक नरेशकुमार श्रेष्ठले जानकारी दिए । 
समितिका अनुशार नगरपालिका र गाविस स्तरिय शान्ति समितिका संयोजकका लागि द्धन्द्ध व्यवस्थापन, मेलमिलाप, विवाद समाधान, द्धन्द्धका कारण र समाधानका उपायका विषयमा क्षमता विकास कार्यक्रम सदरमुकाम दिक्तेलमै गर्ने निर्णय भएको छ ।