खोटाङ २२ फागुन । खोटाङको सदरमुकाम दिक्तेलस्थित पञ्च माबिले बाली बिज्ञान बिषयको कक्षा सञ्चालनका लागि सहयोग जुटाउन सुरु गरेको श्रीमद भागवत धान्याञ्चल सप्ताह महायज्ञको तेस्रो दिनमै ३० लाखभन्दा बढि रकम उठेको छ । 
बाली बिज्ञान बिषयमा कक्षा १२ सम्मको अध्यापन गराउने सम्बन्धन प्राप्त गरेको बिद्यालयले महायज्ञ आयोजना गरेको तेश्रो दिन नबित्दै ३० लाखभन्दा बढि रकम संकलन भएको पञ्च माबिका प्रधानाध्यपक भवकृष्ण ढकालले बताउनुभयो ।
 प्राबिधिक शिक्षा अन्तरगत बाली बिज्ञान बिषयको कक्षा सञ्चालनका लागि आवश्यक भौतिक व्यवस्थापन, ल्याव व्यवस्थापन, प्राक्टिकल गर्नका लागि आवश्यक जग्गा खरिदका लागि रकम जुटाउन महायज्ञ आयोजना गरिएको हो । फागुन २५ गते समापन हुने महायज्ञकाक्रममा नगद ३० लाख तथा ५ लाख भन्दा बढि मूल्याको जग्गा प्राप्त भएको छ । महायज्ञमा १२ जनाले तुलादान तथा उत्तिकै मात्रामा धान्याञ्चलमा धान चढाउने काम भइरहेको अभिभाबक एबं पुर्व बिद्यार्थी गोपालचन्द्र आचार्यले बताउनुभयो । 
नमूना क्याम्पस बनाउनकालागि आवश्यक रकम जुटाउन दिक्तेल बहुमुखी क्याम्पसले धार्मिक महोत्सब गर्ने तयारी गरेकै समयमा पञ्च माबिले पनि पुर्व विद्यार्थीको संयोजनमा महायज्ञ सुरु गरेको हो । दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबी रिजालको संयोजकत्वमा गठन भएको ११ हजार १ सय ११ सदस्यीय महोत्सब मूल आयोजक समितिले धार्मिक महोत्सवको तयारी तिब्र बनाएको छ