खोटाङ, २३ फागुन । खोटाङको दिक्तेल इंलिस बोर्डिङ स्कुलले रतज जयन्ती मनाउन सुरु गरेको छ । 
२०४८ सालमा स्थापना भएको बोर्डिङ स्कुलले सोमबारदेखि रजत जयन्ती मनाउन सुरु गरेको हो । स्थापना भएको २५ वर्ष पुगेको अवशरमा स्कुलले फागुन २८ गतेसम्म बिभिन्न कार्यक्रम गर्दै रजत जयन्ती मनाउने जनाएको छ । रजत जयन्तीको पहिलो दिन सदरमुकाम दिक्तेलमा बिभिन्न जातीय पहिचान झल्काउने झाँकी सहितको ¥याली निकालिएको छ ।
 शिक्षक, बिद्यार्थी, अभिभाबक, राष्ट्रिय सेवा दल, खेलाडी लगायतको ¥याली पछि विद्यालयका शिक्षक तथा कक्षा ११/१२ का बिद्यार्थी तथा कक्षा ११/१२ का बिद्यार्थी र अभिभाबक अंशीयरबिचमा मैत्रीपूर्ण फुटबल प्रतियोगीता गरिएको छ । फुलटबलको फाईनल खेल मंगलबार हुने रजत जयन्ती समारोहका प्रचार प्रसार संयोजक धनकर्ण श्रेष्ठले बताए । 
जयन्तीका अवशरमा फागुन २४ गते अन्तर सदनात्म्क एथेटिक्स, बास्केट बल, रिले, बाल खेल लगायतका प्रतियोगीता सञ्चालन गरिने छन् । यस्तै, फागुन २५ गते जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालको हातबाट जिल्ला अस्पताललाई १५ थान व्ल्याङकेट तथा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलको हातबाट जिल्ला कारागारका कैंदीबन्दीलाई १५ हजार बराबरको पुस्तक प्रदान गर्ने तयारी गरिएको छ । विद्यालयका अनुशार फागुन २६ गते भुपु बिद्यार्थी, भुपु शिक्षक, अंशीयर, अभिभाबक र शिक्षकबीचमा अन्तरक्रीया तथा अन्तर माबि स्तरिय हाजिरी जवाफ प्रतियोगीता सञ्चालन हुने छन् । 
यस्तै, फागुन २७ गते रजत जयन्ती स्मारक उदघाटन, रजत जयन्ती स्मारिका बिमोचन, बिद्यालय संस्थापकलाई अभिनन्दन, दिर्घ सेवा गर्ने शिक्षकलाई सम्मान, उत्कृष्ट शिक्षक, अभिभाबक, अंशीयर, बिद्यालय स्थापना यताको १९ व्याजका उत्कृष्ट पुर्व बिद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम छ । रजत जयन्तीको अन्तिम दिन भने बिद्यालयका छात्र/छात्राको निशुल्क स्वास्थ्य परिक्षण गरिने प्रचार प्रसार संयोजक श्रेष्ठले जानकारी दिए ।