खोटाङ, २६ फागुन । हृदयघातका कारण खोटाङका पुर्व जिविस सभापति पर्शुराम कार्की सिकिस्त भएका छन् । सदरमुकाम दिक्तेलस्थित भवनगैरामा आफ्नै डेरामा बसिरहेको अवस्थामा बुधबार दिउँसो पुर्व जिबिस सभापति कार्कीलाई हृदयघात भएको हो ।
हृदयघातले ढलेपछि जिल्ला अस्पतालमा भर्ना गरिएका कार्कीलाई अस्पतालले बुधबार साँझ रेफर गरेको थियो । कार्कीलाई खानीडाँडा विमानस्थलबाट बुधबार राती ८ बजे सेनाको नाईटभिजन हेलिकोप्टरबाट उपचारका लागि काठमाण्डौं पठाइएको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए । कार्कीलाई तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्था आएपछि नाईटभिजन प्रयोग गर्नु परेको हो । कार्कीको अहिले काठमाडौंको न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।
सिमपानी निबासी कार्कीले २०५४ सालदेखि २०५९ सम्म जिल्ला बिकास समितिको सभापतिको पद सम्हालेका थिए । प्रेसरले झैँ ढलेका कारण दायाँ हात र खुट्टा समेत नचल्ने अवस्थामा पुगेका कार्कीको चेतना भए पनि बोली भने बन्द छ । कार्की एमाले खोटाङका पुर्व प्रमुख, एमाले सगरमाथा अञ्चल समन्वय कमिटिको पुर्वसभापति हुन् । एमालेले कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।