टेनिस रोका/काठमाडौं 
२८ फागुन । नयाँ संविधान अनुसार स्थानीय निकाय (गाविस, जिल्ला) अब खारेज हुँदै गाउँपालिका र नगरपालिकामा परिणत भएको छ ।
स्थानीय चुनावको तयारीमा जुटेको सरकारले यसअघि मन्त्रीपरिषदबाट पारित गरेको ७ सय ४४ स्थानीय तह राजपत्रमा सुचना प्रकाशित गरेसँगै अब गाविस र जिल्ला खारेजी भएका छन् । नयाँ संविधानले गाउँपालिका तथा नगरपालिकालाई पूर्ण रुपमा अधिकार प्रदान गरेको छ । यसअघि जिल्लाबाट हुने काम अब गाउँपालिका आफैंmले गर्ने गरी संविधानमा जिम्मेवारी तोकिएको छ ।
खोटाङमा १० वटा गाउँ तथा नगरपालिका बनाइएको छ । तपाई कुन गाउँ वा नगरपालिकामा पर्नु भयो भन्ने जान्न तल हेर्नुहोस्