खोटाङ ११ चैत्र । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसमा धार्मिक महोत्सव जारी छ । क्याम्पसलाई नमूना क्याम्पसका रुपमा स्तरोन्नती गर्नका लागि आवश्यक रकम जुटाउन धार्मिक महोत्सव सुरु गरिएको हो ।
क्याम्पसको शैक्षिक तथा भौतिक बिकास गर्दै मुलुकभरकै नमूना बनाउनका लागि सहयोग संकलन गर्न ‘दिक्तेल बहुमुखी क्याम्पसको सुनौलो अभियान, कार्यक्रम बिस्तार एबं गुणस्तर सुधार हाम्रो अभियान’ भन्ने नारासहित गत शनिबारदेखि धार्मिक महोत्सव जारी छ ।
२०३७ सालमा स्थापना गरिएको क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका बिभिन्न संकायतर्फका बिषय थप गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि महोत्सब आयोजना गरिएको क्याम्पस सञ्चालकको दाबी छ ।
 आर्थिक अभावका कारण पछिल्लो समय पछाडी पर्दै गएको क्याम्सलाई मुलुककै नमुना क्साम्पस बनाउँनका लागि श्रोतको आवश्यक भएपछि  शैक्षिक तथा धार्मीक महोत्सवको आयोजना गरिएको हो । 
२०३७ सालमा स्थापना गरिएको क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका बिभिन्न संकायतर्फका बिषय थप गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि महोत्सब आयोजना गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबी रिजालले बताए । महोत्सब चैत्र १२ गतेसम्म सञ्चालन हुने बताइएको छ ।