प्रधानमन्त्री ओली र गौतमबिच विवाद झनै बढ्यो

काठमाडौं ३ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता बामदेव गौतमबीच टकराब बढेर गएको छ ।
पार्टी स्थायी समितिको बैठकमा गौतमले फरक मत राख्दै अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैतिर आफैं बस्दा सरकारको काम प्रभावकारी हुन नसकेको उल्लेख गरेपछि टकराब बढेको हो ।
अध्यक्ष ओलीले गौतममाथि प्रहार गर्दै दुई वटा अध्यक्ष फुटाउन खोजेको र संविधानले दिएमा प्रधानमन्त्री पनि दुई वटा बनाउने आक्रोश पोखेका छन् ।
गौतमले पनि बदलामा मजाक गरेको भन्दै ओलीको कटाक्ष गरेका छन् । ‘प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ ? दुईजना अध्यक्षलाई लडाउन खोज्दै छन्, मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौं, तर संविधानले दिँदैन, भन्दै मलाई मजाकमा उडाउने ? दुईतिहाई छँदै छ, संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस् ।’ उनले बैठकमै भने ।