खोटाङ ४ बैशाख । टेम्के तुवाचुङ प्रतिष्ठानले खोटाङका सितोरियो कराते खेलाडी सञ्जयकुमार राईलाई सर्बोत्कृष्ट खेलकुद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुद लगायतका क्षेत्रमा बिशेष योगदान पु¥याउने उत्कृष्ट प्रतिभालाई प्रदान गरिने पुरस्कार यस वर्ष सितोरियो खेलाडी राईलाई प्रदान गर्न लागिएको हो । 
टेम्के तुवाचुङ प्रतिष्ठानले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर आगामी बैसाख ९ गते तेश्रो बार्षिकोत्सवको अवशर पारेर ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने जानकारी दिएको छ । २०५८ सालदेखि सितोरियो कराते खेल क्षेत्रमा क्रियासिल राईले जिल्लामा सितोरियो करातेको बृत्ति र बिकासमा महत्वपूर्ण योगदान पु¥याएकाले टेम्के तुवाचुङ प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए । सितोरियो करातेका क्षेत्रमा आफु लागेर पछिल्लो पुस्तालाई समेत यसतर्फ लाग्न उत्प्रेरित गर्दैआएकामा राई पुरस्कारका लागि छानिएका हुन् । हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारको पहलमा स्थापना गरिएको २ लाखको अक्षय कोषबाट प्रतिष्ठानले बिभिन्न विद्याका प्रतिभालाई पुरस्कृत गर्दैआएको छ । 
टेम्के तुवाचुङ प्रतिष्ठानले गत मंसिर २७ गतेदेखि २९ गतेसम्म बिराटनगरमा आयोजित सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताको छनौट खेलमा सितोरियो करातेतर्फ स्वर्ण पदक बिजेता रोश्मा राई, मिसडोना राई र सन्तोष राईलाई पनि प्रोत्साहन स्वरुप कदरपत्र प्रदान गर्ने घोषणा गरेको छ । 
सितोरियो करातेमा क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक बिजेता सञ्जय हाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष छन् । रुपाकोट मझुवागढी नगरपालिका लफ्याङ निवासी राईले जिल्लामा प्रशिक्षकको भूमीका समेत निर्वाह गरिरहेका छन् । उनी सन् २००८ मा धरानमा सम्पन्न दोश्रो बिपी मेमोरियल अन्र्तराष्ट्रिय कराते प्रतियोगीता, सन् २०१३ मा काठ्माण्डौंमा आयोजित नेपाल ओपन इन्टरनेशनल च्याम्पीयनसिप र हिम्स राष्ट्रिय कतारे च्याम्पीयनसिपका गोल्ड मेडल बिजेता हुन् । उनले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताको छनौट खेलमा पनि गोल्ड मेडल जितेका थिए । 
जिल्ला समन्वय समितिको कार्यालयमा हुन् बार्षिकोत्सवमा प्राध्यपक डा. धनप्रसाद सुबेदीले ‘समसायमीय नेपाली साहित्यमाथि बहस’ विषयक कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिइएको छ । कार्यपत्रमाथि जिल्लाका प्रतिष्ठित साहित्यकारबाट टिप्पणी गर्ने प्रतिष्ठानकी सहसचिव सबिता भुजेलले बताइन् । कबि उपेन्द्र सुव्वा, जसराज किराती लगायतको उपस्थिति रहेका कार्यक्रममा अगल अभियानको सांगीतिक र साहित्यीक प्रस्तुती रहने प्रतिष्ठानले जनाएको छ ।