पूर्व सभाषद कार्की |
खोटाङ १७ असार
नेकपा माओवादी केन्द्रका पूर्व सभाषद समेत रहेकी पार्टी पोलिटब्यूरो सदस्य अस्मिता (समिता) कार्कीको वडामा नेकपा एमालेले बाजी मारेको छ ।
नेकपा माओवादी केन्द्रका पूर्व सभाषद समेत रहेकी पार्टी पोलिटब्यूरो सदस्य अस्मिता (समिता) कार्कीको वडामा नेकपा एमालेले बाजी मारेको छ ।
रुपाकोट मझुवागढी नगरपालिकामा वडा नम्बर ९ निर्मलीडाँडामा अस्मिताले आफ्नै पार्टीको नाम जोगाउन सकिनन् । एमालेकै ढाक प्रसाद लुईटेल बागी वडा अध्यक्ष उम्मेदवारमा लडेको र भिम प्रसाद लुईटेल समेत वडा अध्यक्ष उठेर अन्तिम समयमा फिर्ता लिँदा एमालेभित्र भाडभैलो भएको अवस्थामा समेत माओवादी केन्द्र भने तेस्रो स्थानमा खुम्चिन पुगेको हो । माओवादी नेताहरु पहुँचमा पुगेपछि शहरमा रमाउने र गाउँलाई बिर्सने तथा गाउँमा संगठन विस्तारलाई समेत बेवास्ता गर्दा पार्टी संगठन बिग्रन गएको स्थानीय नेताहरुको भनाई छ ।
एमालेका वडा अध्यक्षका उम्मेदवार हर्कराज राईले २९९ सय मत प्राप्त गरेर विजयी भए । उनका प्रतिद्धन्दीमा कांग्रेसका उम्मेदवार रमाहाङ राईले १७९ मत ल्याएर प्रतिस्पर्धा गरे । माओवादीका वडा अध्यक्ष बल बहादुर राईले १७१ मत ल्याए । एमालेका तर्फबाट बागी उठेका ढाक प्रसादले २२ मत एमालेकै कटाएका थिए । अझ भिम लुइटेलले उम्मेदवारी दिँदा एमालेभित्र भाडभैलो भएको थियो ।
पूर्व सभाषद कार्कीको वडामा मेयरलाई कांग्रेस भन्दा १३ भोट बढी खसे पनि एमाले भन्दा ८९ भोट कम खसेको छ ।
निर्मलीडाँडामा एमालेलाई मेयरमा २८७ उपमेयरमा २९३, माओवादी केन्द्रलाई मेयरमा १९८ उपमेयरममा १९०, कांग्रेसलाई मेयरमा १८५ उपमेयरमा १७९ मत खसेको छ । यस्तै, संघीय मेयरमा ८७ मत र उपमेयरमा७५ मत खसेको छ ।