रामधन राई/खोटाङ, १९ असार । दुई नगर तथा आठ गाउँपालिका रहेको खोटाङका सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । स्थानीय तहको निर्बाचनबाट आएको अन्तिम मत परिणाम अनुसार एमालेले एक नगरपालिकासहित ५ तहमा बिजय हासिल गरेको छ ।
दोश्रो स्थानमा आएको कांग्रेसले एक नगरपालिका सहित ४ र तेश्रो बनेको माओवादी केन्द्रले १ तहमा जित हासिल गरेका छन् । रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, लामीडाँडा गाउँपालिका र केपीलासगढी गाउँपालिकामा एमाले विजयी भएको हो ।
यस्तै, कांग्रेसले हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, दिपु्रङ गाउँपालिका र बराहपोखरी गाउँपालिकामा विजय हात पारेका हुन् ।
माओवादी केन्द्रले भने साकेला गाउँपालिकामा जितेका छन् ।
विवरण
१, रुपाकोट मझुवागढी नगरपालिका
पार्टी पद उम्मेदवार प्राप्त मत
एमाले मेयर दिपनारायण रिजाल (विजयी) ५३४३
काँग्रेस (निकटतम प्रतिस्पर्धी) राजनशेर राई ४७१८
एमाले उपमेयर बिणादेबी राई (विजयी) ५३६७
मओबादी केन्द्र (निकटतम प्रतिस्पर्धी) होमकाजी आचार्य(बिनोद) ४६२७
२, हलेसी तुवाचुङ नगरपालिका
पार्टी पद उम्मेदवार प्राप्त मत
काँग्रेस मेयर ईवन राई (विजयी) ४३९७
एमाले (निकटतम प्रतिस्पर्धी) खडेन्द्र राई ३९९७
कांग्रेस उपमेयर बिमला राई (विजयी) ४४९६
एमाले (निकटतम प्रतिस्पर्धी) मनिषा राई ३९२२
३, खोटेहाङ गाउँपालिका
पार्टी पद उम्मेदवार प्राप्त मत
एमाले प्रमुख प्रदीप राई (विजयी) ३१२७
माओवादी केन्द्र (निकटतम प्रतिस्पर्धी) राजन ढकाल २६८२
एमाले उपप्रमुख कबिता राई (विजयी) ३०२०
माओबादी केन्द्र (निकटतम प्रतिस्पर्धी) शुसिला बान्तवा राई २३०९
४, ऐसेलुखर्क गाउँपालिका
पार्टी पद उम्मेदवार प्राप्त मत
काँग्रेस प्रमुख विश्वराज निरौला (विजयी) २१३१
एमाले (निकटतम प्रतिस्पर्धी) गृहबहादुर राई १७३५
एमाले उपप्रमुख पुष्पकला भुजेल (विजयी) १८२६
कांग्रेस (निकटतम प्रतिस्पर्धी) शान्ति राई १७९५
५, दिप्रुङ गाउँपालिका
पार्टी पद उम्मेदवार प्राप्त मत
काँग्रेस प्रमुख भूपेन्द्र राई (विजयी) २९८०
एमाले (निकटतम प्रतिस्पर्धी) अर्जुन रोका १४४८
कांग्रेस उपप्रमुख सपना राई (बिजयी) २३८१
एमाले (निकटतम प्रतिस्पर्धी) अम्बिका राई १९८१
६, जन्तेढुङ्गा गाउँपालिका
पार्टी पद उम्मेदवार प्राप्त मत
एमाले प्रमुख शंकरबहादुर राई (विजयी) २१५३
काँग्रेस (निकटतम प्रतिस्पर्धी) खेमबहादुर खड्का १५६२
एमाले उपप्रमुख बिमला राई (बिजयी) २०८३
कांग्रेस (निकटतम प्रतिस्पर्धी) अनिता राई १४६६
७, बराहपोखरी गाउँपालिका
पार्टी पद उम्मेदवार प्राप्त मत
काँग्रेस प्रमुख शालिकराम बञ्जरा (विजयी) १९७१
एमाले (निकटतम प्रतिस्पर्धी) गणेशप्रसाद कोईराला १७३२
एमाले उपप्रमुख गोमा राई (बिजयी) १८४४
कांग्रेस (निकटतम प्रतिस्पर्धी) निर्मला राई १७००
८, केपिलासगढी गाउँपालिका
पार्टी पद उम्मेदवार प्राप्त मत
एमाले प्रमुख कृष्णकुमार राई (विजयी) १८०६
काँग्रेस (निकटतम प्रतिस्पर्धी) समिर राई १५११
एमाले उपप्रमुख हीरा वन (बिजयी) १७७४
मओबादी केन्द्र (निकटतम प्रतिस्पर्धी) रुद्रकुमार राई १३६६
९, साकेला गाउँपालिका
पार्टी पद उम्मेदवार प्राप्त मत
माओवादी केन्द्र प्रमुख अर्जुनकुमार खड्का (विजयी) १०९६
काँग्रेस (निकटतम प्रतिस्पर्धी) ईच्छु रानामगर ९८५
कांग्रेस उपमेयर सरिता खड्का (बिजयी) १२२२
मओबादी केन्द्र (निकटतम प्रतिस्पर्धी) बिर्षिका राई ११३०
१०, लामीडाँडा गाउँपालिका
पार्टी पद उम्मेदवार प्राप्त मत
एमाले प्रमुख लीलाबहादुर निरौला (विजयी) १९०९
काँग्रेस (निकटतम प्रतिस्पर्धी) जनककुमार कार्की १५७५
एमाले उपप्रमुख समला राई (बिजयी) १९०९
कांग्रेस (निकटतम प्रतिस्पर्धी) शेभा पाण्डे १६२७