खोटाङ २७ असार
खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले कार्यालयको भवन निर्माणका लागि निशुल्क जग्गाको खोजी गरेको छ ।
पालिकाको पहिलो बैठकले गाउँपालिका भवन निर्माणलाई प्राथमिकता दिँदै निशुल्क जग्गा खोजी गर्ने निर्णय गरेको हो । बैठकले वडा न. ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको संयोजकत्वमा जग्गा व्यवस्थापन समितिसमेत गठन पनि गरेको छ ।
बैठकलले गाउँ कार्यपालिकाको कार्य विभाजन तथा कार्य सम्पादन नियमावली २०७४ समेत पास गरेको बताइएको छ ।
यस्तै, गाउँपालिकाको प्रवक्तामा वडा नं ६ का वडाध्यक्ष शुकदेव राईलाई बैठकले चयन गरेको छ ।