केहि व्यक्तिले छुट्टै हज निर्माण गरर प्रयोग गरेको भएपनि बाढी आएको समयमा खोलेर कोसीमै हाल्ने गरेको स्रोतले बताएको छ । “चर्पीको दिसा÷पिसाव कोसीमा हाल्नु हुन्न भनेर पटक–पटक अनुरोध गर्छौं ।” नाम नभन्ने सर्तमा एक स्थानीयले भने, “हाम्रो अनुरोधलाई अटेर गरेर जान्ने बुझ्नेले नै चर्पीको पाइप कोसीमा हाल्ने गरेका छन् ।”
जिल्लाको प्रमुख नाका जयरामघाटमा करिब २०० परिवार बसोवास गर्ने गरेका छन् । उनीहरुले उत्पादन गरेको सबै प्रकारका फोहोर सोही कोसीमा फाल्ने गरेका छन् ।
लामो समयदेखि कोसीमा चर्पीको पाइप हाल्नुका साथै फोहोर फालिएको प्रति अहिलेसम्म कसैको ध्यान गएको छैन । कोसीमा चर्पीको पाइप हालेको बारेमा पटक–पटक जानकारी गराउँदा समेत सम्बन्धित निकायले चासो नदिएको स्रोतको दाबी छ ।
सडक आसपासमा निर्माण गरिएको ढलसमेत सोही कोसीमा मिसाइएको छ । सडक आसपासमा बसोवास गर्ने स्थानीयले उत्पादन गरेको फोहोर हिउँदभर ढलमा जम्मा हुने र वर्षा लागेसँगै बगेर कोसीमा जाने गरेको छ ।
चर्पीको पाइप तथा ढल कोसीमा मिसाउँदा कोसीमा बग्ने पानी दुषित भएको छ । सोही पानी तल्लो भेगमा बसोवास गर्ने स्थानीयले उपभोग गर्ने गरेका छन् ।