काठमाडौं २३ भदौं
खोटाङका प्रत्यक्ष निर्वाचित सांसद विशाल भट्टराईले चार वर्ष अगाडी काठमाडौंबाट सय रुपैयाँमा किनेर ल्याएको बेमौसमी सुन्तला नफलेपछि बोट नै काटेर फालिदिएका छन् ।
चार वर्ष अघि असार महिनामा झरीमा दुःखका साथ काठमाडौंबाट गतिलो भनेर सुन्तलाको बिरुवा लिएर रोपेको तर उत्पादन नै नदिएपछि काट्न परेको उनले बताए ।
सांसद भट्टराईका अनुुसार उनले किर्तिपुरस्थित बागबानी केन्द्रबाट सय रुपैयाँ तिरेर बिरुवा खरिद गरेका थिए । अफ सिजनमा पाक्ने र राम्रो सुन्तला भएको भनेपछि उनले पनि खरिद गरेका थिए । तर उत्पादन नै नदिएपछि काट्न परेको उनले बताए ।

श्रीमतीको सल्लाह पनि सुन्तला फालेर राग रोपौं भन्ने भएपछि श्रीमतीको सल्लाह अनुसार समेत बिरुवा काटिएको उनी बताउँछन् । ‘असारको झरीमा काठमाडौदेखि बडो कष्टपुर्ण तरिकाले ल्याएर रोपेको यो गतिलो भनिएको सुन्तलाले राम्रो उत्पादन नदिएपछि ढाल्नुको विकल्प रहेन। घरछेउको यो बोटले फल नदिएपछि दिक्क हुदै घर सम्हाल्दै बसेकी धर्मपत्नीले भनिन- बरु यी बोटहरु ढालेर साग रोपौ।’ सांसद भट्टराईले फेसबुसमा फोटो हाल्दै भनेका छन् ‘ उनकै आदेशको पालना गर्दैछु ।’