काठमाडौं ३ असोज
स्थानीय तह अन्तर्गत प्रदेश दुईको १३६ स्थानीय तहमा २ असोजमा सम्पन्न मतदानको अहिले मतगणना जारी छ । मतगणना अनुसार प्रारम्भिक चरणमा प्रमुख ठूला दल नै अग्रता लिएका छन् ।
पहिलो अग्रता कांग्रेसले लिएको छ भने दोस्रोमा माओवादी केन्द्र र तेस्रोमा एमाले रहेको छ । यो समाचार तय गर्दा कांग्रेस ८ स्थानमा, माओवादी केन्द्र ६ र एमाले ५ स्थानमा अग्रतामा छन् । यस्तै समाजवादी फोरमले ४ र राजपाले ३ स्थानमा अग्रता लिईरहेका छन् ।
अहिले ७० स्थान बढीमा मतगणना भईरहेको छ । 
यसैबिच, प्रदेश दुईका एक मात्र महानगरपालिका वीरगन्जको अहिले ११ बजेदेखि मतगणना सुरु गर्ने जनाइएको छ ।