खोटाङ असोज–६, घरमा कसैले थाहा नपाइ सम्पर्क बिहिन बनेकी खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ७१ वर्षीया भत्तीमाया राई तीन दिनपछि मृत फेला परेकी हुन् ।
गत मङ्गलबार बेलुकादेखि हराएकी वृद्धालाई खोजी गर्ने क्रममा बिहीबार बेलुका मृत फेला पारिएको स्थानीयले बताएका छन् ।
बृद्घालाई घर नजिकै रहेको भीरको फेदमा मृत फेला पारिएको स्थानीय हात्तिराम राईले बताए । घटनास्थलको प्रकृति हेर्दा वृद्धाको भीरबाटै लडेर मृत्यु भएको हुन सक्ने स्थानीयको अनुमान छ । वृद्धाको शव रहेको माथितिर झारपात लतारिएको र शवसमेत छेदविच्छेद अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थानीयले वृद्धाको शव फेला पारेपछि आफूहरुलाई खबर गरेको र घटनास्थलमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । प्रनाउ थापाका अनुसार वृद्धाको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।