खोटाङ असोज–२४, बसको ठक्करबाट वृद्धाको मृत्यु भएपछि बिरोधमा आफन्तले गरेको सडक अवरुद्ध सात घण्टापछि खुलेको छ । दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको बा ३ ख ६३३५ नम्बरको बसले मङ्गलबार बिहान ८ः४५ ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी ७७ वर्षीया जरीकन्या राईको मृत्यु भएपछि आफन्तले गरेको सडक अवरुद्ध अपरान्ह चार बजे खुलेको हो ।
मृतकका परिवारलाई घटनास्थलमै रु एक लाख रकम उपलब्ध गराउनुका साथै ३५ दिनभित्र बाँकी चार लाख दिने सहमती गरेपछि अवरुद्ध दिक्तेल–हलेसी सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । दुर्घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही र मृतकका परिवारलाई तत्काल उचित क्षतिपूर्तीको माग गर्दै आफन्तले घटनालगत्तै सडक अवरुद्ध गरेका थिए ।
अवरुद्ध सडक सुचारु भएपछि अलपत्र परेका यात्रु तथा सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेको घटनास्थलमा पुगेका प्रहरीले जनाएको छ । घटनास्थल जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने ओखलढुङ्गा र खोटाङको सिमानामा पर्छ ।
दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको बसको ठक्करबाट वृद्धाको मृत्युभएपछि तत्कालै बस चालक अर्जुन राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घरबाट घाँस काट्न भनेर हिँडेकी जरीकन्यालाई बयाक्ता भन्ने ठाउँमा सडक पार गर्नेक्रममा बसले ठक्कर दिँदा मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
साँघुरो सडकमा तीब्रगतिले गुडीरहेको बस नियन्त्रण नहुँदा दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । मृतकका परिवार र सवारीधनीबीच सहमती भएपछि मृत वृद्धाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै गरिएको प्रनाउ थापाले जानकारी दिनुभयो ।