काठमाडौं २७ असोज
डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल बाम गठबन्धनबाट अलगिने अवस्थामा पुगेको छ । नयाँ शक्तिले यसअघि बाम गठबन्धनमा सहमति गर्दै सूर्य चिह्नबाट चुनाव लड्ने घोषणा गरेको थियो ।
अब भने नयाँ शक्तिले आफ्नै चुनाव चिह्न आँखाबाट चुनाव लड्ने घोषणा गरेको छ । नयाँ शक्तिका संयोजक भट्टराईले आफ्नै पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने घोषणा गरेका हुन् ।
सिट बाँडफाँटमा नेकपा माओवादी केन्द्र नेकपा एमालेसँग भट्टराईको नयाँ शक्तिसँग कुरा नमिलेपछि उनले आफ्नै चुनाव चिह्नबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।
भट्टराईले गोर्खा २ बाट चुनाव लड्न चाहेपनि नेकपा माओवादी केन्द्रका बरिठ नेता नारायणकाजी श्रेष्ठले सो क्षेत्र नछाड्ने अडान लिएका थिए ।