खोटाङ, कार्तिक ७ – वाम एकतालाई सफल बनाउनका लागि खोटाङमा संयुक्त वाम संयोजन समिति गठन गरिएको छ । एमाले र माओवादी केन्द्रको सोमबार बसेको बैठकले दुवै पार्टीका नेता सम्मिलित संयुक्त वाम संयोजन समिति गठन गरेको हो ।
वाम एकता सम्बन्धी गतिविधिमा संयोजनको काम गर्दै आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो संयुक्त उम्मेद्वारलाई विजयी गराउने रणनितिकासाथमा एमालेका जिल्ला अध्यक्ष बबी चामलीङको नेतृत्वमा ७ सदस्यीय संयोजन गठन समिति गरिएको हो । संयुक्त वाम संयोजन समितिको सह–संयोजकमा माओबादी केन्द्रका संयोजक देवान किराती चयन भएका छन् । एमाले उपाध्यक्ष राम दंगाल, सचिव देवविक्रम राई, उपसचिव कुमार आचार्य, माओवादी केन्द्रका कोषाध्यक्ष दिपक पाण्डे र सचिवालय सदस्य सुरेश राई संयुक्त वाम संयोजन समितिको सदस्य रहेका छन् ।
वाम एकता सम्वन्धी सन्देशलाई गाउँ–गाउँमा पु¥याएर हरेक कार्यकर्तालाई एकतामा उत्साहित बनाउने, एकताको शन्देश हरेक कार्यकर्तामा पु¥याउने, संयुक्त प्रशिक्षण लगायतका कामका लागि संयुक्त वाम एकता संयोजन समिति निर्माण गरिएको समितिका सदस्य रहेका एमाले उपसचिव कुमार आचार्यले बताए । ‘वाम एकता सम्बन्धी भ्रमहरु छन्, त्यसलाई चिर्दै वाम एकतालाई सफल बनाउनका लागि समिति गठन गरिएको हो,’ आचार्यले भने, ‘बाम एकताको औचित्य, आवश्यकता र चुनावी तालमेलका सम्बन्धमा प्रस्ट पारेर सफल बनाउनमा यसले भूमिका खेल्ने छ ।’ -हलेसीखबरबाट साभार