नेपाली कम्युनिस्ट आन्दोलनका सशक्त योद्वा, भकारी फोर आन्दोलनका नेता हिराबहादुर गुरुङको निधनप्रति नेकपा माओवादी केन्द्रले दुःख व्यक्त गर्दै गाउँमै पुगेर श्रद्धाञ्जली अर्पण गरेको छ । 
माओवादी केन्द्रले साकेला गाउँपालिका वडा नम्बर एकमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।
माओवादी केन्द्रका सल्लाहकार समेत रहेका उनको निधनले आम कम्युनिस्टलाई क्षती पुगेको माओवादी केन्द्रले जनाएको छ । श्रद्धाञ्जली सभामा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य दुर्गा जयन्ती राईलगायतको उपस्थिति रहेको थियो । उनको उपचारका क्रममा ७६ वर्षको उमेरमा असोज अन्तिम साता निधन भएको थियो ।