खोटाङ, कार्तिक–१३, स्वास्थ्य अधिकारलाई स्थापित तथा सुर्ती नियन्त्रण गर्नका लागि स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल गठन गरिएको छ । पत्रकार समेत रहेका सामुदायिक सेवा केन्द्र दिक्तेलका सचिब दिलीप खत्रीको अध्यक्षतामा १३ सदस्यीय सञ्जाल गठन गरिएको हो ।
दिक्तेलस्थित खोटाङ खबर साप्ताहिकको कार्यालयमा सोमबार आयोजित भेलाले जिल्लामा क्रियाशील विभिन्न १३ वटा संघ–संस्थाका प्रतिनिधि रहेको सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा अनिल आचार्य, सचिवमा रमेश पोखरेल, सह–सचिवमा रमेश राई र कोषाध्यक्षमा लोकमायाँ थापा रहेका छन् ।
२०७१ सालमा गठन भएको सञ्जाललाई प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्र रेस्फेकको पहलमा पुःर्नगठन गरिएको हो । सरकारी स्वास्थ्य संस्थावाट उपलब्ध हुने आमा स्वास्थ्य सुरक्षा सेवा र निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमलाई खवरदारी गर्ने रेस्फेक (प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्रोत केन्द्र)को सहयतामा गठन भएको समितिले जिल्लामा सञ्चालित हरेक कार्यक्रममा १० मिनेट समय माग गरी सुर्तीजन्य विरोधी कार्यक्रम गर्नेे रेस्फेक प्रदेश नम्बर १ र २ का फिल्ड ईन्चार्ज मदनराज कट्वालको भनाई छ ।
२०६८ सालमा कायान्वायन भएको सुती नियन्त्रण ऐनलाई सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खोटाङसहित ५८ जिल्लामा कडा निगरानी जनाईएको छ । निगरानीका क्रममा भेटिएका सुर्तीजन्य गतिविधिलाई ‘स्वास्थ्य अधिकार वर्ष पुस्तक २०७२’ प्रकाशन गर्ने समेत बताईएको छ ।