लिला निरौला /खोटाङ

कात्तिक–१७, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी घुम्ती शिबिर सञ्चालन भईरहेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलब्धिमुलक बनाउने उद्धेश्यका साथ बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीको विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत उक्त नगरको ३ नम्बर वडा बाम्राङमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी घुम्ती शिविर सञ्चालन गरिएको हो । 
प्रत्येक टोल–टोल तथा घरघरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सुचना तथा सन्देशहरु पु¥याउने क्रम जारी रहेको शिविरमा सम्भावित आप्रवासी, आप्रवासीका परिवार, स्थानीय युवा, बुद्धिजीवी, महिला, बृद्घबृद्घा लगायतको सहभागिता रहँदै आएको छ । घुम्ती शिविरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सुरक्षित आप्रवासन परियोजना(सामी) अन्र्तगतका सुचना तथा परामर्श केन्द्रले दिने सेवा सुविधाबारे जानकारी, सीपतालिम तथा कागजपत्रको महत्व, कानुनी ब्यवस्था र वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले प्रदान गर्ने सेवा सूविधाको बारेमा जानकारी गराईने गरिन्छ । 
कार्यक्रम सम्पन्न पश्चात गरिने छलफलमा वैदेशिक रोजगारीको क्रममा विभिन्न प्रकृतिका ठगीका केशहरुबारे सहभागीहरुले जानकारी गराउँदै आएका छन् । छलफलमा सीपतालिम तथा कागजपत्रको महत्वबारे स्पष्ट भएको बताउने स्थानीयले कागजपत्र नछाडी विदेश  गएका आफन्तहरुबाट कागजातका एक÷एक प्रति फोटोकपी तुरुन्त मगाउने जनाएका छन् ।