

अधिकांश नेता तथा उम्मेद्वार गाउँमा केन्द्रित भइरहँदा वाम गठबन्धनले दिक्तेलमा शनिबार चुनाव प्रचार–प्रसारकारुपमा हरेक घर, होटल र पशलमा झण्डा राखेका छन् । संयुक्त चुनावी कार्यक्रम भइरहेकाबेलामा सदरमुकाम दिक्तेल लगायत व्यापारिक केन्द्रमा पनि प्रचार–प्रसार थालिएको एमाले जिल्ला उपसचिव कुमार आचार्यले बताए । यस्तै, कांग्रेसले दिक्तेलमा आईतबारदेखि निर्वाचन प्रचारप्रसार शुरु गरेको छ । कांग्रेसका नेता तथा कार्यकताले दिक्तेलको भवनगैरादेखि हरेक घर–घरमा चुनावी पर्चा र झण्डा राखेर प्रचारप्रसार थालेको हो ।
जिल्लामा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका विशाल भट्टराई, प्रदेशससभा (क) मा एमालेकै राजन राई र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका रामकुमार राई चुनानी मैदानमा छन् । यस्तै, कांग्रेसकातर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार सरस्वती वजिमय, प्रदेशसभा (क) मा सुवासकुमार पोखरेल र प्रदेशसभा (ख) मा विष्णुकुमार राई चुनावी मैदानमा छन् । कुल एक लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका लागि दश राजनीतिक दलका नेताले भाग लिएका छन् ।