
खोटाङ, कार्तिक–२१, प्रथम राष्ट्रिय खेलकुद परिषद् कप तथा ५० औं राष्ट्रिय कराते प्रतियोगीताको पुर्वाञ्चल छनौट प्रतियोगीतामा खोटाङ टिम प्रथम भएको छ । सोमबार धरानमा सम्पन्न छनौट प्रतियोगीतामा ७ स्वर्ण ३ रजत र ५ कास्य सहित खोटाङ पुर्वाञ्चलमा टिम प्रथम भएको हो ।
प्रतियोगीतामा ५ स्वर्ण ४ रजत र ३ कास्या सहित सुनसरी टिम दोश्रो र ईलाम ३ स्वर्ण १ रजत र ५ कास्या सहित टिम तेश्रो भएको छ । खोटाङका लागि कुमितेतर्फ ५५ केजी तौल समुहमा नबिन राई, ६० केजी तौल समुहमा सन्तोष राई र ६७ केजी तौलमा सुजन राईले स्वर्ण पदक दिलाए । यस्तै, महिला कुमितेतर्फ ५५ केजी तौल समुहमा बिद्याकला राई, ६१ केजी तौल समुहमा जस्मिन राई र ६८ केजी तौल समुहमा मिस्डोना राईले स्वर्ण जितिन् । सुमन राई, मोतिचन्द्र राई र नबिन राईले पुरुष टिम काताबाट जिल्लाका लागि अर्को स्वर्ण जितेको सितोरियो कराते संघ खोटाङका अध्यक्ष एबं टिम प्रशिक्षक सञ्जयकुमार राईले बताए ।