लेखक- प्रेमिला |
प्रेमिला राई
मुलुक अहिले संघीयता कार्यान्वयनको क्रममा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सङ्घारमा छ । पछिल्लो समयमा आएको राजनैतिक घटनाक्रमले यथास्थितिवादी, दक्षिणपन्थिहरु यसै पनि संसन्कित थिए । तव दुई ठुला राजनैतिक दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेको चुनावी तालमेलदेखि पार्टी एकता सम्मको विषयले नेपाली राजनितिमा ठूलो छलाङ मारेको छ ।
विकसित पछिल्लो परिघटनाले प्रतिकृयावादी शक्तिहरु एकदमै त्रसित छन् । दशकौंदेखिको आफ्नो शासन गुम्ने भयो भन्ने भयमा रहेको पाइन्छ । ठिक यसैबेला, वाम गठबन्धन जनताको आवाज बोकेर देशलाई विकास र समृद्धिको बाटोतिर उन्मुख छ । अर्कातर्फ दक्षिणपन्थी सामन्तहरु अझै पनि यो देशका जनताहरुलाई बत्तिमुनिको अध्यारोमा राख्न खोजिरहेका छन् ।
जनता सचेत र बुद्विमान भएको हेर्न नचाहने यो देशका शोषकहरु अझै पनि इमान्दार जनताको स्वच्छ विचार र नैसर्गिक अधिकार रुपैयाँमा साट्न कोसिस गरिरहेका छन् भने अर्कातर्फ जनताहरु विकास र समृद्धिको व्यग्र प्रतिक्षामा छन् । उनीहरु परिवर्तन खोजिरहेका छन् । देशको विकास चाहिरहेका छन् । देशको समृद्धिको पखाईमा छन् ।
जनता अब सचेत भैसके कि यो देशमा सम्वृद्वी र स्थायी शान्ति ल्याउन स्थायी सरकार चाहिन्छ । त्यो स्थायी सरकार व्यवस्थाको एक मात्र विकल्प बाम गठबन्धनको जित हो भन्ने पनि उनीहरुले महसुस गरिसकेको बुझ्न सकिन्छ । विपक्षी दलको हठात देख्दा उनीहरु सामान्य अवस्थामा देखिदैनन् । यथास्थितिवादीहरु अहिले बगरको माछा जसरी छटपटिरहेको भान देख्न सकिन्छ । सबै हेर्दा र देख्दा ‘जब स्याललाई दसा लाग्यो भने सहर पस्छ ।’ भन्ने जुन उखान छ यो वर्तमान परिप्रेक्ष्यमा एकदमै उपयुक्त छ ।
यता बाम गठबन्धनले देशब्यापी जित हाशिल गर्ने तथ्य स्विकार्न नसकेर घरी खप्पर पत्थरमा ठोक्छ त घरी बासघारिमा ढुङा हान्छ त कहिले दिनदहाडै यो देशका जनतालाई त्रसित बनाउदै गुन्डागर्दी मच्याइरहेछ यो देशका भलो नचाहने, परिवर्तन स्वीकार गर्न नसक्ने, विकास र समृद्धि गर्न नरुचाउने मान्छेहरु ।
युग परिवर्तनशिल छ युग सङै हामी परिवर्तनशिल छौ । यो परिवर्तनको विरोधीहरु अझै पनि वर्गिय एकता रुचाउदैन, न त संघीयता न समानता नै । र उनीहरु दासी बनाउ भन्छ गरिबहरुलाई, उडाइदिउ भन्छ कमजोर फुसका छानाहरु, जलाइदिउ भन्छ क्रान्तिकारी विचारहरु ।
तर त्यही क्रान्तिको ज्वालामा दनदनी जलिरहेको स्वयम् आफू नै । माओले भन्नु भएको थियो ‘यो देश युवाहरुको हो,हामी वृद्धहरुको पनि हो तर युवाहरु बिहानको उदाउदो सुर्य हो भने वृद्वाहरु साझको अस्ताउदो सुर्य हो ।’ वास्तवमा यो मुलुक कुनै सर्व सम्पन्नहरुको मात्र होइन ता कि यो माटोमा उभिने हरेक नेपालीको हो र उ निर्णायक बन्न पाउने अधिकार छ भने उसले बाच्ने नीति उ आफैले बनाउन पाउने अधिकार पनि छ । तब अब पनि के हस्तक्षेप गर्न सक्छौ तिमीहरु यी तमाम नेपालिहरुलाई ।