कार्तिक–२५ खोटाङ,  आसन्न निर्वाचनका लागि खोटाङमा आवश्यक सुरक्षाको प्रबन्ध मिलाइ सकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा कायम १ सय ३६ मतदानस्थल र १ सय ७९ मतदान केन्द्रमा खटाउने सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । 
सुरक्षा संबेदनशिलताका आधारमा हरेक बुथमा सोही अनुशार नेपाल प्रहरी, श–सस्त्र प्रहरी, म्यादी र नपाली सेनाको तयारी गरिएको छ । ‘हामीले मतदातालाई निर्भयताकासाथ मत हाल्ने सुरक्षा व्यवस्था मिलाएका छौँ,’ प्रजिअ अधिकारीले भने–‘हरेक बुथमा पहिलो घेरामा नेपाल प्रहरी र म्यादी, दोश्रो घेरामा शसस्त्र र तेश्रो घेरामा नेपाली सेना राखेर सुरक्षा प्रवन्ध मिलाएका छौँ ।’ निर्वाचनका समयमा दुई नगरपालिका र आठ गाउँपालिकामा सेना र शसस्त्रको छुट्टाछुट्टै मोबाईल टोली समेत परिचालन हुने जनाइएको छ । भयरहित वाताबरणमा मत हाल्ने वाताबरणका लागि निर्वाचन बिरोधी गतिविधिलाई निगरानीमा राखिएको प्रशासनले जनाएको छ ।
 प्रजिअ अधिकारीले निर्वाचन आचार संहिता उल्लंघन गर्ने नेतालाई ढृडतापुर्वक कारबाही गर्ने बताए । ‘निर्वाचनको बेलामा भोजभतेर गर्ने र पैसा बाँड्ने गरेको सुनिनमा आउँछन्,’ अधिकारीले भने–‘आचार संहिता उल्लंघन भएको पाइएमा कारबाहीमा छुट हुँदैन । आशा छ हामीले कसैलाई कारबाही गर्न नपरोस् ।’