कात्तिक–२७, वाम गठबन्धनलाई विजय गराउने उदेश्यले सैन्य विज्ञान र मेडिकल माइक्रो वाइलोजीमा विद्यावारिधी गरेका दुई डाक्रट डेढ हप्तादेखि भोजपुरमा क्रियाशील छन् ।
वाम गठबन्धनले देशलाई स्थायी सरकार र विकासमा सहयोग पु¥याउने भएकोले उत्साहित भएको भन्दै मेडिकल माइक्रो वाइलोजीमा विद्यावारिधी गरेका प्रा.डा.शिवकुमार राई र नेपालबाटै पहिलो पटक शैन्य विज्ञानमा विद्यावारिधी गरेका डा. ईन्द्रजित राई भोजपुरमा चुनावी अभियानमा खटिरहेका छन् ।
प्राडा शिवकुमार राई जापानमा केही बर्ष त्याहाको सरकारी सेवा गरेर नेपाल आएका हुन् । प्रा.डा. राई राष्ट्रिय योजना आयोगको पूर्व सदस्य हुन् । डा. इन्द्रजित राई पहिलो संविधानसभामा माओवादीको तर्फबाट समानुपातिक सभासद थिए । वाम गठबन्धनले देशलाई विकासतर्फ डो¥याउने र स्थायी सरकार निर्माणको लागि आशा जगाएको प्रा.डा.शिवकुमार राईले बताए । दुवै जना डाक्टरहरु गठबन्धनले बनाएको चुनावी सभाहरुमा भोट मागिरहेका छन् ।
भोजपुरमा प्रतिनिधिसभाको तर्फबाट माओवादी केन्द्रका सुदन किराती, प्रदेशसभामा १(क) नम्बरमा राजेन्द्रकुमार राई र २ (ख) नम्बरमा शेरधन राई प्रत्यक्ष तर्फको उमेद्वार रहेका छन् । प्रदेशसभामा दुवैजना एमालेका उमेद्वार हुन् । प्रतिनिधि सभा सदस्य समानुपातिकमा माओवादी केन्द्रको तर्फबाट दुर्गा राई र एमालेका सिर्जना राई चुनावी मैदानमा छन् ।
भोजपुरमा लोकतान्त्रिक गठबन्धनको विरुद्धमा कांग्रेस र संघीय समाजवादी फोरमको चुनावी तालमेल छ । जिल्लामा वाम गठबन्धनका साझा उमेद्वार सुदन किराती विरुद्ध नेपाली कांग्रेसका उमेशजंग रायमाझी प्रतिष्प्रर्धामा छन् । १ नम्बर क्षेत्रमा राजेन्द्रकुमार राईसंग लोकतान्त्रिक गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरमका अजम्बर काङ्बाङ राई र २ नम्बरमा शेरधन राई विरुद्ध कांग्रेसकै गोविन्दबहादुर कार्की भिड्दैछन् ।