खोटाङ कार्तिक–२६, खोटाङ कार्तिक–२६, खोटाङमा प्राकृतिक प्रकोपबाट पीडित बनेका ३४ परिवारलाई सहयोग रकम प्रदान गरिने घोषणा गरिएको छ । खोटाङ समाज हङकङले स्थापना गरेको ‘खोटाङ दैवी प्रकोप सहयोग कोष’ले जिल्लास्थित दुई नगरपालिका र आठ गाउँपालिकाका ३४ दैबी प्रकोप पीडित परिवारलाई राहत प्रदान गर्ने घोषणा गरेको हो ।
आगलागी, चट्याङ, बाढि–पहिरो, हावाहुरी लगायतका प्राकृतिक विपत्तीमा परेका जिल्लाका पीडितको सहयोगार्थ २०७३ सालमा स्थापित विपद् कोषले यस वर्षदेखि राहत दिने घोषणा गरेको हो । आर्थिक वर्ष २०७३÷०७४ भित्र भएका प्राकृतिक विपत्तीमा जनधन गुमाएका पीडितलाई राहत स्वरुप २ लाख ४० हजार प्रदान गर्न लागिएको कोष सञ्चालक समितिका अध्यक्ष भोगेन एक्लेले बताउनुभयो ।
हङकङमा बसोवास गरिरहेका खोटाङ्गेहरुले स्थापना गरेको २० लाख रुपैंयाँको अक्षय कोषबाट पीडितका क्षति लगायत बिभिन्न आधारमा प्राथमिकतामा परेका प्रकोप पीडितलाई सहयोग वितरण गरिने जनाइएको छ । छानिएका पिडित परिवारलाई मंसिर ४ गते दिक्तेलमा कार्यक्रम गरेर राहत वितरण गर्ने जानकारी दिइएको छ ।
जिल्ला दैबी प्रकोप उद्धार समितिको तथ्यांकका आधारमा ५ लाखभन्दा कम क्षति भएका २३ परिवारलाई प्रतिपरिवार ५ हजार, ५ लाखदेखि १० लाखसम्म क्षति भएका ८ परिवारलाई प्रति परिवार १० हजार तथा १० लाखभन्दा बढि क्षति भएका ३ परिवारलाई प्रति परिवार १५ हजारका दरले राहत दिइने कोष सञ्चालक समितिले जनाएको छ ।
विपत्तीमा परेका सर्वसाधारणको सहज जीवन यापनका लागि खोटाङ समाज हङकङका तत्कालिन अध्यक्ष तेजप्रकाश राई अधिराजको कार्यकालमा विपद कोष स्थापना भएको हो । बार्षिकरुपमा आउने व्याजमध्ये ७५ प्रतिशत रकम पीडितलाई वितरण गर्ने गरी अक्षय कोष स्थापना गरिएको हो । आगामी दिनमा प्राकृतिक प्रकोपमा परेका नागरिकलाई तत्काल राहत दिनेगरी काम गर्ने कोष संस्थापक एबं समाजका पुर्वअध्यक्ष राईले बताउनुभयो । जिल्लाबासीले चासो र तदारुकता देखाएको खण्डमा स्थापित कोषलाई बढाउन र जिल्लामा प्राकृतिक प्रकोपबाट पीडित बनेका धेरै भन्दा धेरै परिवारलाई सहयोग पु¥याउन सकिने सञ्चालक समितिको भनाई छ । यस प्रति चासो दिन जिल्लाबासी सबैलाई आग्रह समेत गरिएको छ ।

सहयोग प्राप्त गर्ने पीडितहरुको बिवरण हेर्नुहोस :–
क्र.सं नाम थर ठेगाना प्रकोपको प्रकार अनुमानित क्षति सहयोग रकम
१ राजकुमार रम्तेल रुमनपा – १४ आगलागी १०,००००० १५,०००।–
२ निर्मला सुन्दास रुमनपा – ९ आगलागी ७,००००० १०,०००।–
३ सान्ति शेर्पा रुमनपा – १३ बर्षा १०,००००० १५,०००।–
४ प्रविता श्रेष्ठ रुमनपा – ५ चट्याङ ८,००००० १०,०००।–
५ मोहन गुरुङ रुमनपा – ६ बर्षा – ५,०००।–
६ निरकुमार श्रेष्ठ रुमनपा – १४ हावाहुरी ६,००००० १०,०००।–
७ समिता राई रुमनपा – ९ आगलागी ४,२२,००० ५,०००।–
८ कृृष्ण बहादुर राई रुपनपा – ११ आगलागी ५,००००० ५,०००।–
९ रहरमणी राई रुमनपा – १० चट्याङ ४,००००० ५,०००।–
१० जसराज राई हतुनपा – ३ पर्षा २,००००० ५,०००।–
११ सिब बहादुर कार्की हतुनपा – ६ आगलागी ३,५०,००० ५,०००।–
१२ हर्कमाया राई हतुनपा – २ आगलागी ४,००००० ५,०००।–
१३ मिलन नेपाली हतुनपा – ८ आगलागी २,२७००० ५,०००।–
१४ राम बहादुर केसी हतुनपा – ७ आगलागी ६,००००० १०,०००।–
१५ भक्तिराज राई जन्तेढुंगा – ३ आगलागी १०,००००० १५,०००।–
१६ बयान सिं राई जन्तेढुंगा – ३ आगलागी ८,८७,००० १०,०००।–
१७ उमेश राय बराहापोखरी – ५ बर्षा २,००००० ५,०००।–
१८ टेक बहादुर कार्की बराहापोखरी – १ आगलागी २,८५,००० ५,०००।–
१९ भविन्द्र राई खोटेहाङ – ८ आगलागी ३,८०,००० ५,०००।–
२० विर्ष बहादुर राइ खोटेहाङ – ३ आगलागी २,६७,००० ५,०००।–
२१ महासुर राई दिप्रुङ – ५ चट्याङ १,००००० ५,०००।–
२२ खड्ग बहादुर राई दिप्रुङ – ४ वर्षा ३,००००० ५,०००।–
२३ कर्ण बहादुर पाण्डे दिप्रुङ – ५ आगलागी १,२०,००० ५,०००।–
२४ इन्द्र कुमार जोगी दिप्रुङ – ४ आगलागी २,३८,००० ५,०००।–
२५ चन्द्र बहादुर खत्री साकेला गा.पा. – २ आगलागी ५,००००० १०,०००।–
२६ महजित गुरुङ लामिडाडाँ गापा – ४ आगलागी ३,६८,००० ५,०००।–
२७ महन कुमार खिलिङ लामिडाडाँ गापा – ५ आगलागी ४,००००० ५,०००।–
२८ रामधन राई केपिलास गढी गापा – १ आगलागी २,४०,००० ५,०००।–
२९ सिता राई केपीलासगढी गापा – ७ आगलागी ८,००००० १०,०००।–
३० सार्कीमाया राई केपीलासगढी गापा – ६ आगलागी ६,५१,००० १०,०००।–
३१ हर्कपाल राई केपीलासगढी गापा –१ आगलागी ४,८४,००० ५,०००।–
३२ मान बहादुर मोक्तान ऐसेलुखर्क गापा – १ आगलागी ४,५६,००० ५,०००।–
३३ दिल बहादुर मोक्तान ऐसेलुखर्क गापा – १ आगलागी २,४६,००० ५,०००।–
३४ ललित बहादुर कार्की ऐसेलुखर्क गापा –१ आगलागी २,४६,००० ५,०००।–