कात्तिक–२७ ,  हालसम्मका आन्दोलनबाट प्राप्त महिला अधिकार संस्थागत गर्न र बाँकी अधिकार प्राप्तिका लागि आफ्नो उमेदवारी भएको एमाले भोजपुरका समानुपातिक उम्मेदवार सिर्जना राईले बताएकी छिन् । प्रदेश तर्फका समानुपातिक उम्मेवार राईले मिडिया सेन्टर भोजपुरले आईतवार जिल्लामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महिलाहरु अधिकार सम्पन्न भैनसकेको भन्दै पुर्ण रुपमा अधिकार सम्पन्न बनाउन आफ्नो उम्मेदवारी आवश्यक ठहरिएको बताएकी हुन् ।  
आफुले महिलाको मुद्धालाई जोडदार उठाएर कार्यान्वयनमा लाग्ने भन्दै भोजपुर जिल्ला कम्युनिष्टहरुको लाल किल्ला रहेकाले अरुले निर्वाचन जित्नेतर्फ कुनै अपेक्षा  नराख्दा हुने समेत राईले दावी गरिन् ।  जिल्लाको विकासमा कम्युनिष्टहरुले गरेको पहल बाहेक अरु कसैको देन नरहेको राईले साक्षत्कार कार्यक्रममा बताएकी हुन् । विगत लामो समय व्यवस्था परिवर्तनका लागि कम्युनिष्टहरुको योगदान रहेकाले आगामी दिन पुर्वाधार विकासमा लाग्ने राईको धारणा रहेको छ ।
  किरात राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष समेत रहेकी राईले आदिवासी जनजातिहरुको अधिकार संस्थागतमा समेत आफ्नो पहल कदमी रहने धारणा राखेकी छिन् । लामो समय जिल्लामा रहेर सामाजिक क्षेत्रमा आफ्नो लगानी रहेकाले आफ्नो दक्षता र सीपको प्रयोग गरी निरन्तर भोजपुरे जनताको शेवामा समर्पित हुने प्रतिवद्धता समेत राईले गरेकी हुन् । 
सुचना, सञ्चारलाई व्यवस्थित तवरले अगाडी बढाएर विकास निर्माणमा टेवा पु¥याउने उदेश्यले मिडिया सेन्टरको स्थापना गरी गतिबिधि अगाडी बढाईएको मिडिया सेन्टरका अक्ष्यक्ष किरण राईले बताएका छन् ।