
खोटाङ कार्तिक–२८, भान्छा कोठाबाट सुरु भएको आगोले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुरका भीमबहादुर मगरको दुई वटा घर जलेको छ । मंगलबार भएको आगालागीबाट मगरको दुई वटा घर, गोठ, २ लाख ११ हजार र केही सुनचाँदी समेत जल्दा अनुमानित ६ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
आगो प्रहरी तथा स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएको प्रहरी चौकी अर्खौलेले जनाएको छ ।