कात्तिक–२८ खोटाङ, वैदेशिक रोजगारीमा जान तयार भईसकेका युवाहरुलाई सुरक्षित बनाउने अभियानका साथ खोटाङस्थित लामिडाँडा गाउपालिकाले रिर्टनी स्वयमसेवकहरुलाई बिशेष अभिमुखिकरण तालिमका साथ परिचालन गरेको छ । गाउँपालिकाले सबै वडाहरु कुभिण्डे, खार्पा लामिडाडा, दुवेकोल, डुम्रेधारापानी र हौंचुरमा सम्बन्धित बिषयमा बिशेष अभिमुखिकरण तालिम प्रदान गरेर स्वयमसेवक परिचालन गरेको हो  ।  
वैदेशिक रोजगारीमा जान तयार ब्यक्ति तथा वैदेशिक रोजगारमा संलग्न परिवारबीचमा सचेतना बिस्तार गराउनका निम्ति स्वयमसेवकहरुलाई बालसेवा समाज नेपाल नेर्पा खोटाङको प्राविधिक सहयोगमा गाउँपालिकाको खार्पास्थित कार्यालयमा बिशेष अभिममुखिकरण तालिम प्रदान गरेर वडामा परिचालन गरिएको हो ।  स्वयमसेवकहरुलाई आईतबार र सोमबार सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्र्तक्रियात्मक ढंगबाट २ दिने अभिमुकिकरण तालिम प्रदान गरिएको सुरक्षित आप्रवासन परियोजनाले जनाएका छन् ।
 उतm अन्र्तक्रियामा वैदेशिक रोजगार सम्बन्धी वर्तमान अवस्था, सूचना केन्द्रबारे जानकारी , कानुनी प्रक्रिया, सीपतालिमको महत्व, सम्बन्धित देशको भाषाको ज्ञान, वैदेशिक रोजगार प्रर्बद्धन बोर्डले प्रदान गर्ने सेवा सुबिधा, महिला कामदार  लगायत (सामी) सम्बन्धी सम्पूर्ण जानकारी गराइएको छ  । पालिकाका स्वयमसेवकले १ महिनामा ४ वटा वैदेशिक रोजगारमा संलग्न घरपरिवारको सामाजिक स्रोत नक्सा समेत तयार गर्ने निर्णय गरिएको छ ।
गाउँपालिकाका निर्बाचित जनप्रतिनिधीहरुको उपस्थितीमा आयोजित कार्यक्रममा स्वयमसेवकले २ महिना भित्र आ–आफ्नो वडाबाट वैदेशिक रोजगारमा गएका ब्यक्तिहरुको तथ्याङ्क संकलन गर्ने निर्णय भएको छ । उतm अभिमुखीकरण कार्यक्रम सामी परियोजनाका जिल्ला कार्यक्रम संयोजक भक्तकुमार राई बालसेवा समाज (सामी) परियोजनाका कार्यक्रम संयोजक ओजोनबाबु आर्चाय लगायतको उपस्थितीमासम्पन्न भएको थियो । कार्यक्रममा सामाजिक परिचालक लिला निरौला नवकिरण सेवा समाज (सामी) परियोजनाका तर्फबाट सुचना तथा परामर्शकर्ता खिलासरी दाहाल सामाजिक परिचालक सन्तोश राई लगायतको उपस्थिती थियो ।