
खोटाङ कात्तिक–२९, आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि खोटाङमा भएको नमुना मतदानमा ५ प्रतिशत मत बदर भएका छन् । बुधबार सदरमुकाम दिक्तेलस्थित हाटडाँडामा निर्बाचन कार्यालयले गरेको नमुना मतदानको क्रममा ५ प्रतिशत मत बदर भएको पाईएको निर्बाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।
नमूना मतदानका क्रममा सर्वसाधारणलाई स्वस्तिक चिन्ह छाप लगाउन र मतपत्र पट्याएर मत पेटिकामा खसाल्ने विधि लगायतका विषयमा जानकारी गराइएको थियो ।
मतदाता शिक्षाका लागि कार्तिक २५ गतेदेखि स्वयंसेवक खटाएको निर्वाचन कार्यालयले मतदातामा देखिएको अलमल हटाउनका लागि नमूना मतदान कार्यक्रम आयोजना गरिएको बताईएको छ । नमूना मतदानमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ ६५ मत खसेकोमा २ मतर प्रत्यक्षतर्फ ६० मत खसेकोमा ४ मत बदर भएको पाईएको छ ।
प्रदेशसभा सदस्यतर्फ ६० मत खसेकोमा ५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी खत्रीको भनाई छ । नमुना मतदान कार्यक्रममा ६८ जना सर्वसाधारणले मतदान गरेका थिए ।