काठमाडौं २५ असोज । खोटाङकी सांसद हिरा गुरुङले कुनै एक खोटाङेलाई चोट पुग्दा सबै खोटाङेको आँखामा आशु आउनुपर्ने बताएकी छिन् । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेकी उनले खोटाङहरु एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै यस्तो विचार राखेकी हुन् । ‘कुनै एक खोटाङेको मुटुमा चोट लागे सबै खोटाङेको मुटु दुख्नुपर्छ, कुनै एक...
खोटाङ २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले दशैं, तिहार, छठ, नेपाल सम्वत्, उधौली लगायत नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नेकपाले बुधबार पार्टी कार्यालय दिक्तेलमा शुभकामना कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेकपाका नेता टंक राईसहित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,...
खोटाङ । सालपा विकास बैंकले खोटाङको खोटेहाङ गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ । २०६९ सालदेखि बैंकिङ कारोबार सुरु गरेको बैंकले खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा चौथो एक्टेन्सन रुपमा शाखा विस्तार गरेको हो । शाखाबाट निक्षेप परिचालन, कर्जा प्रवाह, रेमिट्यान्स, लघु वित्त लगायका सेवा प्रवाह हुने बैंकका कार्यकारी अधिकृत इश्वरमान राईले जानकारी दिए...
असोज–१९, खोटाङमा बढ्दो महिला हिंसा, बलात्कार तथा हत्या जस्ता घटना न्यूनिकरणका लागि प्रहरीले ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ । महिला हिंसा, बलात्कार र हत्या, वालविवाह जस्ता घटना दिनानुदिन बढिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक बिकास सेवा केन्द्रले दिक्तेलस्थि सरस्वती माबिमा ‘स्कुल सम्पर्क’ कार्यक्रम अन्तरगत सचेतना जगाएको...
खोटाङ असोज–१४,  खोटाङमा जन्मि विभिन्न स्थानमा वसोवास गरिरहेका युवाहरुको फेसबुक ग्रुपले संकलन गरेको रकमले विद्यालयलाई पुस्तकालय स्थापना गरिदिएका छन् । जिल्लामा जन्मिएर अध्ययन तथा रोजगारीको सिलसिलामा राजधानी काठमाडौं लगायत विभिन्न देशमा रहेका युवाले सञ्चालन गरेको ‘हेण्ड ईन हेण्ड’ फेसबुक ग्रुपले दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरिदिएको हो । वर्षदिन...
खोटाङ असोज–१४, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्न कार्य सम्पादन करार सम्झौता गरिएको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि नगरभित्रका १८ मध्ये १७ मावि र नगरपालिकावीच कार्य सम्पादन करार सम्झौता गरिएको हो ।  शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगर स्तरीय मावि तहका प्रधानाध्यापकको...
खोटाङ असोज–३,  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने सवै माध्यमिक तहका सामुदायिक विद्यालयमा ई–हाजिरी शुरु गरिएको छ । शिक्षकहरु समयमा विद्यालय नजाने तथा गएर पनि समय अगाडि नै विद्यालय छाड्ने क्रम बढेकाले नियन्त्रण गर्न नगरपालिकाभित्र पर्ने   १८ वटा माध्यमिक तहका विद्यालयमा ई–हाजिरी शुरु गरिएको हो ।  सामुदायिक विद्यालयमा ई–हाजिरी शुरु...
खोटाङ, भदौ २९– खोटाङको दिक्तेलवजारमा विभिन्न कार्यक्रमको आयोजना गर्दै बाल दिवस मनाइएको छ । बाल दिबसको अवशरमा बालमञ्च दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कबिता, बक्तृत्वकला र एकल नृत्य प्रतियोगीता सञ्चालन गरेको छ ।  समिक्षालय हलमा आयोजित बक्तृत्वकला प्रतियोगीतामा साबित्रा माबि बाम्राङकी ममता पाण्डे प्रथम, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका बिजय पाण्डे दोश्रो,...
खोटाङ भदौ–२९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्ति भएको छ । नगरपालिकाभित्रका ५ वर्षदेखि १२ वर्ष उमेरका बालबालिका बिद्यालय बाहिर नरहेको सुनिश्चित भएपछि नगरपालिकालाई सो उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको छ ।  १५ वडा रहेको नगरपालिकालाई जिल्ला...
खोटाङ भदौ–२६, खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमाको लघुजलविद्युत योजना सञ्चालनमा आएपछि स्थानीयमा खुशियाली छाएको छ । स्थानीयको पहलमा खोबुखोला पिको लघुजलविद्युत आयोजनाको काम सम्पन्न भई सञ्चालमा आएपछि खिदिमावासीमा खुशियाली छाएको हो ।  वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरको ५५, स्थानीयवासीको ४० र वडा कार्यालयको ५ प्रतिशत लगानीमा ९ दशमलव ५ किलोवाट...