खोटाङ । खोटाङ सदरमुकाम दिक्तेलस्थित रत्नपार्कका आगलागी पीडितलाई खोटाङ उद्योग वाणिज्य संघले झण्डै ३ लाख राहत रकम प्रदान गरेको छ । आगलागी भएकै दिन १० हजार रुपैयाँ प्रदान गरेको संघले विपद व्यवस्थापन राहत कोषमार्फत २ लाख ९१ हजार सोमबार प्रदान गरेको हो । संघले रत्नपार्कका कृष्णकुमार श्रेष्ठलाई भने ३ लाख १...
खोटाङ जिल्लामा मनलाग्दी बस भाडा असुल्ने गरेको पाइएको छ । बस व्यवसायीले सबै ठाउँको बस भाडा पारदर्शी नबनाउँदा यात्रु मारमा परेको समेत भेटिएको छ । दिक्तेलबाट निर्मलीडाँडाको पेलुङसम्म पुग्नका लागि ३ सय लिने गरेका छन् । तर बिच बिचमा ओर्लने यात्रुका लागि कुन ठाउँमा कति भाडा भन्ने नखुलाउँदा यात्रुसँग मनलाग्दी...
खोटाङ ६ कात्तिकमा बा ३ ख ८९८० नम्बरको बस निर्मलीडाँडाबाट ब्वालुङ आइपुग्दा बसभित्र खुट्टा टेक्ने ठाउँ थिएन । छतमा समेत मान्छे कोचाकोचा थिए । प्रशासनले अनुगमन नगर्दा बसहरुमा भेडाबाख्रा जस्तै मान्छे खादिएका थिए । त्यहीँ बसका लागि ब्वालुङमा एक वृद्धासँगै थुप्रैले टिकट काटेका थिए । युवा र वयस्कहरु कोही छतमा त...
खोटाङ २७ असोज ।  युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले तस्कार र अपराधीसँग मोर्चा निर्माण गरेर कांग्रेसले सरकारको विरोध गरिरहेको आरोप लगाएका छन् । दशैं र तिहार लगायत पर्वको अवसरमा नेकपा हलेसी तुवाचुङ नगर कमिटीले शनिबार दुर्छिममा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । पौडेलले समृद्धिको अभियान तुहाउने...
काठमाडौं २५ असोज । नेपाली कांग्रेसका खोटाङ जिल्ला सभापति नरेश कुमार श्रेष्ठ र खोटाङ सेवा समाजका अध्यक्ष राकेश राईबीच नेपालीहरुको चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नै दोहोरी चलेको छ । सभापति राईले शुभकामना मन्तव्य दिने क्रममा खोटाङ सेवा समाजमाथि गम्भीर प्रश्न उठाएपछि प्रतिवाद र प्रतिउत्तर दिने क्रममा दुईबीच दोहारी...
काठमाडौं २५ असोज । खोटाङकी सांसद हिरा गुरुङले कुनै एक खोटाङेलाई चोट पुग्दा सबै खोटाङेको आँखामा आशु आउनुपर्ने बताएकी छिन् । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेकी उनले खोटाङहरु एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै यस्तो विचार राखेकी हुन् । ‘कुनै एक खोटाङेको मुटुमा चोट लागे सबै खोटाङेको मुटु दुख्नुपर्छ, कुनै एक...
खोटाङ २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले दशैं, तिहार, छठ, नेपाल सम्वत्, उधौली लगायत नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नेकपाले बुधबार पार्टी कार्यालय दिक्तेलमा शुभकामना कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेकपाका नेता टंक राईसहित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,...
खोटाङ । सालपा विकास बैंकले खोटाङको खोटेहाङ गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ । २०६९ सालदेखि बैंकिङ कारोबार सुरु गरेको बैंकले खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा चौथो एक्टेन्सन रुपमा शाखा विस्तार गरेको हो । शाखाबाट निक्षेप परिचालन, कर्जा प्रवाह, रेमिट्यान्स, लघु वित्त लगायका सेवा प्रवाह हुने बैंकका कार्यकारी अधिकृत इश्वरमान राईले जानकारी दिए...
असोज–१९, खोटाङमा बढ्दो महिला हिंसा, बलात्कार तथा हत्या जस्ता घटना न्यूनिकरणका लागि प्रहरीले ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ । महिला हिंसा, बलात्कार र हत्या, वालविवाह जस्ता घटना दिनानुदिन बढिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक बिकास सेवा केन्द्रले दिक्तेलस्थि सरस्वती माबिमा ‘स्कुल सम्पर्क’ कार्यक्रम अन्तरगत सचेतना जगाएको...
खोटाङ असोज–१४,  खोटाङमा जन्मि विभिन्न स्थानमा वसोवास गरिरहेका युवाहरुको फेसबुक ग्रुपले संकलन गरेको रकमले विद्यालयलाई पुस्तकालय स्थापना गरिदिएका छन् । जिल्लामा जन्मिएर अध्ययन तथा रोजगारीको सिलसिलामा राजधानी काठमाडौं लगायत विभिन्न देशमा रहेका युवाले सञ्चालन गरेको ‘हेण्ड ईन हेण्ड’ फेसबुक ग्रुपले दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरिदिएको हो । वर्षदिन...