असार–२८, गुरु पूर्णीमाको अवसरमा खोटाङका दुई खेल प्रशिक्षक सम्मानित भएका छन् । जिल्लामा कराँते खेलको बिकासमा महत्वपूर्ण योगदान दिएकामा प्रशिक्षकद्वय बिचारी तामाङ र गोपाल राई सम्मानित भएका हुन् ।  नेपाल सितेरियो कराँते संघ तथा नेपाल सितेरियो कराँते ब्ल्याकबेल्ट खोटाङले गुरु पुर्णिमाको अवशरमा शनिबार प्रशिक्षक तामाङ र राईलाई सम्मान गरेको हो...
असार–२८, विद्यूत ट्रान्सफर्मर पड्कदा खोटाङमा दुई जनाको ज्यान गएको छ भने, दुई जना गम्भिर घाइते भएका छन् । बुइपा–१ बस्ने ४५ वर्षीया कालीमायाँ राई र ४९ वर्षीया पदमसरी राईको ज्यान गएको हो भने, १६ वर्षीया निजा राई र ५० वर्षीय कृष्ण श्रेष्ठ गम्भिर घाइते भएका हुन् ।  ट्रान्सफर्मर पड्कना साथ...
जिल्लामा पहिलोपल्ट आयोजना गरिएको खोटाङ सरसफाई सम्मेलन २०७१ को उद्घाटन समारोहमा सहभागी अतिथि । दुई दिन सम्मेलनमा सरसफाई सम्बन्धी खोटाङ घोषणा–पत्र जारी गरिनेछ । थप समाचारकाे लागि यहाँ किल्लीक् गर्नु हाेला ।  तस्बिर: केदार मगर/खोटाङ
खोटाङको बुइपामा स्वीस विकास नियोग (एसडिसी)ले उत्पादन गरेको अम्रिसोको विरुवा किसानलाई निःशुल्क वितरणका लागि तयार गरिदै । एसडिसीले जिल्लाका विभिन्न २० गाविसका किसानलाई अम्रिसोको विरुवा वितरण गरिरहेको छ ।
असार–१, प्रकृति अर्थात् भूमिपुजक किराती राईहरुको महान चाड पर्व साकेला उभौली समापन गरिएको छ । किराती राईहरुको घनाबस्ती रहेको माझ किरात खोटाङमा शनिबार साकेला शिली प्रदर्शन गर्दै उभौली पर्व विधिवत रुपमा समापन गरिएको हो ।  वर्षमा दुई पटक मनाइने यो पर्वमा खेतिपाती सप्रियोस, रोगव्याधी नलागोस, सुव्यफाव्य होस् भन्ने कामना गर्दै...
जेष्ठ–३१, खोटाङका पत्रकार उजुर राईकी आमाको रहस्यमय मृत्यु भएको छ । दिक्तेल नगरपालिका–८ का पत्रकार राईकी ७० वर्षीया आमा भैरमायाँ राईको बिहीबार राती रहस्यमय मृत्यु भएको हो ।  विगत छ वर्षदेखि घरमा एक्लै बस्दै आएकी आमाको रहस्यमय मृत्यु भएको पत्रकार राईले बताउनुभयो । नाक र कान लुछिएको अवस्थामा राईको शव...
जेष्ठ–२९, वरिपरी झुरुप्प छन् गाउँले । कसैको आँखामा आँशु छचल्किएको छ त, कसैले डाँको नै छोडेको । उनीहरुको बिचमा बसेर सारङ्गीको तालमा गीत गाइरहेका छन् गाईने दाजुभाइ ।  सुनौं दिदी, सुनौं बहिनी, सुनौं दाजुभाइ ख्याल ठट्टा नठानौं है विदेश जानलाई ! गाउँ बस्ती दिनदिनै खाली हुन थाले सन्तानका साथ पाउन छाडे आमाबाले !! सारङ्गीको...
जेष्ठ–१९, सहिद मनोज जोशी स्मृति प्रथम खुला पुरुष फुटबल प्रतियोगिताको उपाधी गाविसको कार्यालय दोर्पाचिरीडाँडाले चुमेको छ । सदरमुकाम दिक्तेलस्थित माटीकोरे खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा जबरजङ्ग गण मुडे ब्यारेकलाई दुई शुन्यले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधी चुमेको हो ।  खेलको शुरुमै दोर्पाचिउरीडा“डाका सुरज राउतले गोल सुरुवात गरेका थिए । उनले...
जेष्ठ–१७, सहिद मनोज जोशी स्मृती प्रथम खुला फुटबल प्रतियोगिता अन्तरगत शनिबार भएको क्वाटर फाईनल खेलमा बजरजङ्ग गण मुडे ब्यारेक र दिक्तेलबजार सामाजिक गुठी विजयी भएको छ ।  सदरमुकाम दिक्तेलस्थित माटीकोरे खेल मैदानमा भएको क्वाटरफाईनलको खेलमा दिक्तेल ईङ्ग्लिस बोर्डिङलाई शुन्यका विरुद्ध छ गोल गर्दै मुडे ब्यारेक विजयी भएको हो भने, अर्को...
बैशाख–२९, खोटाङको हलेसीस्थित प्रहरीचौकीको भवन उदघाटन गरिएको छ । शान्ति तथा पुनः निर्माण मन्त्रालय शान्ति कोष सचिवालयको सहयोगमा निर्माण गरिएको छुट्टाछुट्टै तीन वटा भवन सोमबार उदघाटन गरिएको हो । शान्ति कोषको सहयोगमा सञ्चालित ‘प्रहरी इकाई पुनः निर्माण आयोजना’ अन्तरगत दोश्रो चरणमा निर्माण गरिएको प्रहरी चौकीको भवन पुर्वाञ्चल प्रहरी प्रमुख...