खोटाङ ९ असोज नेकपा माओवादी केन्द्र खोटाङले जिल्लाका उम्मेदवारहरुको सूची प्रदेश कमिटीलाई पठाएको छ । जिल्ला पार्टी सचिवालयको बैठकले उम्मेदवारका आकांक्षीहरुको नामावली प्रदेशलाई बुझाएको हो ।  प्रदेश कार्यदलको बैठक समेत आइतबारदेखि जारी छ । प्रदेश इन्चार्ज गोपाल किरातीले बैठकले उम्मेदवारहरुको टुंगो लगाउने जानकारी दिए । उनका अनुसार प्रदेश एकमा झण्डै हजारको संख्यामा...
खोटाङको दिक्तेलमा मंगलबार बिहान बाबुले केन्द्रमा ल्याएका बालकलाई भिटामिन खुवाउँदै महिला स्वास्थ्य स्वयंसेबिका ।  तस्बिरः हाम्रो खोटाङ डटकम
खोटाङ २८ साउन । खोटाङमा साउन महिनामा मात्रै ५ हजारले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । अगामी प्रदेश र संघीय संसदको चुनावका लागि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलन अन्तर्गत जिल्लामा साउन महिनामा ५ हजार १८० जना मतदाताले नाम दर्ता गराएका हुन् । फोटो सहितको मतदाता नामावलीमा साउन १...
असोज ८ । सुत्केरी व्याथाले थलिएको चार दिन भइसकेको थियो । त्यसमाथि अत्यधिक रक्तश्राव । अस्पताल लैजाउँ, साथमा खर्च छैन । घरैमा राखौं, ज्यानै जाने खतरा । खोटाङको राजापानी–६ का राजन खत्रीमाथि आइलागेको यस्तो कहाली लाग्दो बज्रपात हो यो । प्रशव पीडा र अत्यधिक रक्तस्रावका कारण ओछ्यानमा छटपटाइरहेकी श्रीमतीलाई...
खोटाङ, ११ जेठ । खोटाङकी दुवै मृगौला फेल भएकी पीडित छात्राको लागि सहयोगको याचना गरिएको छ । जिल्लाका सारदा उच्च माबि खार्पाका कक्षा–१० मा अध्ययनरत दुवै मृगौला फेल भएकी १८ बर्षिया पीडित छात्रा बीना श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको याचना गरिएको हो । खार्पा–२ की बिनाको २ महिनाअघिदेखि काठमाण्डौस्थित...
अन्र्तराष्ट्रिय रेफ्री सेशुका राई अन्र्तराष्ट्रिय रेफ्री हीरा राई राष्ट्रिय रेफ्री रबिना राई अब्बल खेलाडी रोश्मा राई  पदक भित्र्याउने खेलाडी बिद्याकला राई तस्बिर : रामधन राई(केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजार)
खोटाङ ११ चैत । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले हलेसी-तुवाचुङ नगर कार्यालय स्थापना गरेको छ । नयाँ संविधान अनुसार स्थानीय निकाय भंग हुँदै स्थानीय तह गठन भएपछि नगर तथा गाउँपालिकाको फर्मेशन अन्तर्गत माओवादी केन्द्रले हलेसी-तुवाचुङ नगर कार्यालय स्थापना गर्दै उदघाटन समेत गरेको हो । नगरको कार्यालय दुर्छिममा राखिएको छ। खोटाङमा...
मंसिर–२३, अग्रगामी विद्यार्थी यूनियन खोटाङको अध्यक्षमा रबिन खम्बु सर्वसहमतीले चयन हुनुभएको छ । सदरमुकाम दिक्तेलमा सम्पन्न प्रथम जिल्ला अधिबेशनले खम्बुलाई अध्यक्षमा सर्वसहमतीले चयन गरेको हो ।  २७ सदस्यीय समिति रहेको जिल्ला कार्यसमितिको उपाध्यक्षमा एलबी मगर, सचिव अञ्जु राई, सहसचिव हिराधन राई, कोषाध्यक्षमा आस्ना राई रहनुभएको छ । ‘संघिय समाजवादी शिक्षा...
खोटाङ ११ असार । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले जिल्लाका ११ विद्यालयलाई सरसफाई सम्वन्धी सामग्री प्रदान गरेको छ । बिद्यालयलाई सामग्री हस्तान्तरण गर्दै रेडक्रस शाखाका मन्त्री भीमबहादुर सैंजू र कार्यक्रम संयोजक किरण श्रेष्ठ । तस्बिर :रेडक्रस विद्यालयको वाताबरणीय स्वच्छता तथा शिक्षकबिद्यार्थीको स्वस्थ स्वास्थ्यकालागि रेडक्रस शाखाले निर्मलीडाँडा र...
खोटाङ, असोज–२७, सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताकालागि खोटाङबाट भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, सटफुट, सय मिटर दौड र ज्यालिन थ्रोका खेलाडी छनौट भएका छन् ।  सोमबार र मंगलबार सम्पन्न जिल्ला छनौट प्रतियोगीताबाट पुरुष टेबलटेनिसतर्फ बाबुराम राई, बिजय राई र सरणजन राई, महिलातर्फको टेबलटेनिसतर्फ लेलुना राई र आशा उदास छानिएका छन् । यस्तै,...