15.9 C
Kathmandu
Thursday, March 28, 2024

समाचार

hot news, khotang news

रामधन राई/खोटाङ,  चैत्र–१, खोटाङ रतन्छाबासी आफ्नो गाबिसमा सञ्चालित क्याम्पस ब्यवस्थित बनाउन प्रतिबद्ध बनेका छन् । हालै आयोजित एक अन्र्तक्रिया कार्यक्रममा रतन्छामा यही बर्षदेखि सञ्चालनमा आएको साकेला बहुमुखी क्याम्पसलाई ब्यवस्थित र गुणस्तरीय बनाउन आ–आफ्ना क्षेत्र र तहबाट जुट्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा गाबिसका शिक्षाप्रेमीहरुले आर्थिक, भौतिक तथा श्रम सहयोग गर्ने प्रतिबद्धता...
फागुन–३०, खोटाङमा जारी गायन प्रतियोगीता ‘भ्वइस अफ खोटाङ’को फाइनल अडिसन चैत्र–७ गते हुनेभएको छ । गत मंसिर–२४ गते उत्तरी गाबिस बाक्सिलाबाट सुरु गरिएको ‘भ्वइस अफ खोटाङ–२०७१’को फाइनल अडिसन फागुन पहिलो साता सम्पन्न गर्ने टुंगो लगाइएको आयोजक समितिका संयोजक दिपक ठटालले बताउनु भयो । गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाहरुको पहिचान,...
फागुन–३०, खोटाङको सुन्तले र चिप्रिङ गाबिसलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । सुन्तले गाविसका ४२९ र चिप्रिङका २४९ घरपरिवारमा वाटरशील चर्पीको निर्माण भएपछि दुवै गाबिसलाई शुक्रबार खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । सभाषद बिशाल भट्टराईको प्रमुख आतिथ्यमा सुन्तले गाविसलाई जिल्लाको २२ औं र प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले...
खोटाङ, फागुन २८ । सोह्र वर्षअघि काम खोज्दै भारतको सिलोङ पुगेका खोटाङका एक युवा मृत फेला परेका छन् ।  रोजगारीका सिलसिलामा कोइला काट्न २०५५ सालमा सिलोङ पुगेका बड्कादियाले–७ का तिर्थराज नेपाली सो¥ह वर्षपछि मृत फेला परेका हुन् । सिलोङ पुगे यता हालसम्म एक पटक पनि घर नफर्केका तिर्थराज कोइलाखादको ‘कटिङ’ भित्र...
फागुन–२७, बसको ठक्करबाट ज्यान गुमाएका खोटाङ बुईपा–६ छापगाउँका गोबरदास राईको १२ दिनपछि दाहसंस्कारको तयारी गरिएको छ । गत फागुन–१७ गते काठ्माण्डौंबाट खोटाङ जाँदै गरेको बा २ ख ९४५५ नम्बरको बसको ठक्करबाट सिन्धुलीमा ज्यान गुमाएका ५५ वर्षीय राईको दुई हप्ता बित्न लाग्दा दाहसंस्कारको तयारी गरिएको हो ।  किरात राई यायोक्खाको कार्यालय...
फागुन–२७, अबैध चल्ला बिक्री गरिरहेको अवस्थामा खोटाङमा एक जना पक्राउ परेका छन् । सदरमुकाम दिक्तेलमै कुखुराको अबैध चल्ला बिक्री गरिरहेको अवस्थामा चितवनका इरदली सेखलाई प्रहरीले पक्राउ गरेको हो । ‘डाईलोड लाईभ चिक्स’ ब्राण्डको ब्रोईलर कुखुराकोे चल्ला बेच्दै गरेको अवस्थामा ८ कार्टन चल्लासहित सेखलाई बुधबार नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय...
 फागुन–२७, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको सभापतिमा पुन: कुमारसिं बस्नेत चयन भएका छन् । सोमबार र मंगलबार सदरमुकाम दिक्तेलमा २८ औं अधिबेसनबाट बस्नेत पुःन सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।  १३ सदस्यीय रेडक्रसको नयाँ कार्यसमितिमा भिमवहादुर सैंजु, भुवन श्रेष्ठ, विमल खड्का, डिकप्रसाद फुयाँल, उर्मिला दाहाल, छत्रकुमार वजिमय, ज्ञानेन्द्र जोशी,...
खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा गिटी कुट्दै बालक । खानीडाँडा विमानस्थलमा कालोपत्रेको काम हुँदै छ । तस्बिरः हाम्रो खोटाङ डटकम
२५ फागुन । बम विष्फोटमा खुट्टा गुमाएकी खोटाङको दक्षिणी गाविस सुन्तले–२ की ३५ वर्षीया शान्तादेवी बन्जरालाई सात वर्षपछि राहतका लागि सिफारिस गरिएको छ । सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाले बिछ्याएको बम विस्फोटबाट देब्रे खुट्टा गुमाएकी बन्जरा परिवारलाई सात वर्षपछि मात्र राहतका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा सिफारिस गरिएको हो...
फागुन २५ । जिल्लाबासीलाई सबैभन्दा पायक पर्ने स्थानमा निर्माण गरिएको खोटाङको खानीडाडाँ विमानस्थल कालोपत्रेको काम तीब्र पारिएको छ । सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने मनमायाँ राई खानीडाडाँ विमानस्थलमा अहिले बेस निर्माणको काम भइरहेको छ ।  जमिनको लेबल मिलाउने, सब ग्रेडको काम सकेपछि ग्राभेलिङ गर्ने, सब बेससँगै गिटीबालुवा राखी रोलर लगाउँने...