17.1 C
Kathmandu
Thursday, March 28, 2024

समाचार

hot news, khotang news

चैत्र–६, खोटाङमा एक किशोरी आफ्नै कोठामा मृत फेला परेकी छन् । दिक्तेल नगरपालिका–१ की १८ वर्षीया गंगा आचार्य आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । बिहिबार बेलुका सकुशल कोठा गएकी आचार्य शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बिनोदराज...
चैत्र–६, एक अभिभाबकले खोटाङको सिमपानीस्थित कृष्ण माबि बर्रेको प्रांगणमा सरस्वती मन्दीर बनाइदिएका छन् । हाल सदरमुकाम दिक्तेल–२ निवासी निर्मला थापा आचार्यले विद्यालयमा सरस्वतीको मन्दीर निर्माण गरिदिएकी हुन् । सिमपानी बर्रेमा जन्मीएकी र हाल दिक्तेलमा होटल व्यवसाय सञ्चालन गर्दैआएकी आचार्यले ७० हजारको लागतमा मन्दीर निर्माण गरिदिएकी हुन् ।  आफु जन्मे, हुर्केको...
चैत्र–६, खोटाङको उत्तरी गाबिस ऐसेलुखर्कका स्थानीयबीच खानेपानीको विषयमा चर्किएको बिवाद समाधान भएको छ । ऐसेलुखर्क–६ का माथिल्लो क्षेत्रका स्थानीयले खानेपानीलाई अलैंचीबारीमा लगाएपछि तल्लो गाउँ र माथिल्लो गाउँका स्थानीयबीचमा बिवाद भएको थियो ।  राजनैतिक दलका स्थानीय प्रतिनिधि, खानेपानी उपभोक्ता समिति, बुद्धिजिवी, स्थानीयबासी सम्मिलित बैठकले खानेपानीको बिवाद सहमतीमा टुंग्याएको स्थानीय गोपी तामाङले...
खोटाङ, चैत्र ५ । खोटाङमा ६ हजार ८४६ जना परिक्षार्थीमध्ये २०६ परिक्षार्थी परिक्षामा अनुपस्थित भएका छन् । नियमिततर्फ ४५ छात्र र ३९ छात्रा तथा एक्जाम्टेडतर्फ ३९ छात्र र ८३ छात्रा अनुपस्थित भएको जिशिअ भट्टराईले बताए ।  फर्म भरेपनि उनीहरु एलएलसि दिन नआएको भट्टराईको भनाई छ । परिक्षामा नियमिततर्फ ३ हजार...
चैत्र ५ । खोटाङमा एसएलसी परिक्षाको समाचार संकलनका लागि गएका पत्रकारलाई तस्बिर खिच्न रोक लगाइएको छ । एसएलसी परिक्षाको समाचार संकलन तथा तस्बिर खिच्नका लागि बिहिबार सदरमुकाम दिक्तेलस्थित सरस्वती उच्च माबि परिक्षा केन्द्रमा पुगेका तीन पत्रकारलाई तस्बिर खिच्नबाट बञ्चित गराइएको हो ।  केन्द्राध्यक्षले मेघनाथ घिमिरेले ‘परिक्षा केन्द्रभित्रको तस्बिर खिच्न नमिल्ने’...
चैत्र । बिरामी खोटाङका सचिन राईलाई कोरियाबाट १ लाख ८० हजार सहयोग जुटेको छ । खोटाङ जिल्ला बुईपा गा.वि.स. वडा नम्बर ७ निवासी जितन वीर राईको छोरा १२ वर्षिय सचिन राई करेन्ट सर्ट  भई सक्त घाइते भएका थिए ।  उनलाई खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा उपचारका लागि सहयोग रकम संकलन...
रामधन राई/खोटाङ,  चैत्र–४, राष्ट्रिय गायन प्रतियोगिता खोजी प्रतिभा सिजन थ्री अडिसनको रुपमा खोटाङ रतन्छामा आयोजित प्रतियोगिताबाट दरिला प्रतिस्पर्धीलाई पछि पार्दै प्रभात राई बिजयी बनेको छ । रतन्छाको साकेला बहुमुखी क्याम्पसको प्राङगणमा हालै सम्पन्न प्रतियोगिताबाट रतन्छा–३ का प्रभात राईले उत्कृष्ठ बन्दै खोजी प्रतिभाको टप फिप्टिमा सिधै सहभागी हुने अवसर प्राप्त गरेको...
चैत्र–२, नेकपा एमालेको कार्यक्रता भेला तथा छलफल कार्यक्रम बाहुनीडाँडा गाविसमा सम्पन्न भएको छ । सभाषद पाँचकर्ण राई (पिके)को प्रमुख अथित्वमा भएको कार्यक्रता भेला कार्यक्रममा गाविसका बिभीन्न पार्टीका प्रतिनिधीहरु ४५ जना एमालेमा प्रबेश गरेका छन् । बेलडाडा प्रविमा भएको कार्यक्रता भेलामा सभाषद राईले जिल्लाका पश्चिमी भेगमा पर्ने कुर्लेघाटको बिकासका लागी महत्वपूर्ण...
चैत्र–२, खोटाङ जिल्लालाई चैत्र मसान्त भित्र खुला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियान अन्र्तगत जिल्लाका दक्षिणी गाविसहरु ईन्द्रेणीपोखरी र मौवाबोटेलाई आज एकैसाथ खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानियको सक्रियतामा दुवै गाविसमा वाटरशिल चर्फी निर्माण गरिएपछि ईन्दे्रणीपोखरीलाई जिल्लाको २४ औ र मौवाबोटेलाई २५ औ गाविसको रुपमा खुला दिशामुक्त क्षेत्र घोषणा...
सफल ब्यापारी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको खोटाङ दुबेकोल–१ स्थित जन्मे–हुर्केको तथा पढे–लेखेको घर । यो घरमा हेरबिचार र लिपपोत गर्ने मान्छे राखे पनि जीर्ण बन्दै गएको छ । तस्बिरः रामधन राई ।