Home समाचार

समाचार

काठमाडौं ३० पुस । सांसद हिरा गुरुङले यो सरकार निर्मलाका हत्यारा पत्ता लगाउन र भ्रष्टचारीलाई कारबाही गर्न असफल भएको दाबी गर्नु भएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य बन्नु भएकी उहाँले कहिले मानसिक सन्तुलन गुमाएकालाई पक्राउ गर्ने र कहिले नाबालक केटाहरुलाई पक्राउ गरेर यातना दिएको भन्दै सरकार असफल बनेको बताउनु...
खोटाङ २९ पुस । हेलो मिडिया प्रा.लिद्धारा सञ्चालित हाम्रोखोटाङ डटकमको सम्पादकमा रामधन राई नियुक्त भएका छन् । यसअघि कार्यकारी सम्पादकका रुपमा रहेका रामधनलाई सञ्चालक समितिको २६ पुसमा बसेको बैठकले सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको थियाे । सञ्चालक समितिको निर्णय अनुसार २९ पुसदेखि लागू हुने गरी सुचना विभागमा उनको नाम सम्पादकको...
खोटाङ पुष–२९, थुलुङ राई समुदायको भाषा तथा संस्कृतिको क्षेत्रमा क्रियाशील दुई संस्थावीच एकता भएको छ । थुलुङ राईको भाषा, संस्कृति, कला, साहित्य क्षेत्रमा काम गरिरहेको थुलुङ राई संस्कृति प्रतिष्ठान र थुलुङ राई भाषा पाठ्यक्रम विकास समितिवीच औपचारिक रुपमा एकता भएको हो । काठमाण्डौंको कोटेश्वरस्थित किरात राई यायोक्खाको कार्यालयमा सम्पन्न विशेष...
खोटाङ, पुस २८– प्रगतीशिल लेखक संघ नेपाल खोटाङको अध्यक्षमा चित्र सुबेदी चयन भएका छन् । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा भएको तेश्रो जिल्ला अधिबेसनबाट सुबेदी प्रगतीशिल लेखक संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । १७ सदस्यीय प्रगतीशिल लेखक संघको उपाध्यक्षमा मिनकुमार दाहाल, सचिवमा लोकेन्द्र राई, सह–सचिवमा सिता थुलुङ र...
काठमाडौं २८ पुस । अकस्मात बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी नेकपामा जिल्ला नेता कुमार आचार्य स्वस्थ भएका छन् । उनको स्वास्थ्यमा सुधार आएपछि उनी अस्पतालबाट घर फर्किसकेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्य अवस्था राम्रो हुँदै गएको भन्दै सहयोग र सदभाव राख्ने सबैलाई धन्यवाद दिएका छन् । ‘हार्दिक कृतज्ञता...
काठमाडौं २५ पुस । प्रदेश सांसद उषाकला राईलाई मातृ शोक परेको छ । प्रदेश नम्बर १ की सांसद राईकी आमाको काठमाडौंको ग्रान्डी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । उहाँ केही समय अघिदेखि अस्वस्थ रहँदै आउनु भएको थियो भने विभिन्न अस्पतालमा उपचार हुँदै आएको थियो । उषाकला पूर्व संविधानसभा सदस्य समेत...
खोटाङ २३ पुस । साकेला गाउँपालिका मानेभन्ज्याङले कृषि उद्यमशीलता विकास अनुदानका लागि आवेदन खुल्ला गरेको छ । २० दिनको समयवधी राखेर खुल्ला गरिएको आह्वानको सुचना गत पुस ८ गते खुल्ला भएको थियो । अब निवेदन दिने समय समेत अन्तिम अवस्थामा पुग्न लागेको हो । ‘साकेला गाउँपालिकाको ०७५/०७६ को वार्षिक कृषि...
खोटाङ पुष–२३, हङकङलाई कर्मभूमि वनाएर जन्मभूमि खोटाङको हीतमा निरन्तर सक्रिय खोटाङ समाज हङकङले अक्षयकोष स्थापनाका लागि वृहत सांगीतिक कार्यक्रमको तयारी गरेको छ । कुनै न कुनै गतिविधिमार्फत जिल्लाको हीतमा काम गर्ने समाजले यो वर्ष हङकङमा वसोवास गरिरहेका जिल्लावासीको लागि अक्षयकोष स्थापनाका लागि ‘खोटाङ हलेसी साँझ–४’ आयोजना गर्ने टुंगो गरेको...
काठमाडौं २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खोटाङका जिल्ला नेता कुमार आचार्यको स्वास्थ्यमा सुधार आएको छ । काठमाडौंको सिभिल अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार आएको हो । प्रेसर बढेपछि उपचारका लागि हेलिबाट उनलाई काठमाडौं ल्याइएको थियो । हाल उनको अस्पतालको ‘जनरल वार्ड’ मा राखेर उपचार भइरहेको छ...
खोटाङ १९ पुस । खोटेहाङ गाउँपालिकाको कर्मचारी दरबन्दी सार्वजनिक भएको छ । जस अन्तर्गत पालिकाको कार्यालय र वडासहित गरेर ३७ जना स्वीकृत दरबन्दी र ३४ जना बाँकी दरबन्दी रहेका छन् । २ जना भने अन्य समूहबाट समायोजन हुनेछन् । गाउँपालिकाको कार्यालयमा स्वीकृत दरबन्दी १९ जना रहेको छ भने बाँकी दरबन्दी...