खोटाङ भदौ–६, खोटाङको दिक्तेलबजारमा डेढ करोड रुपैंयाँ लगानीमा बेकरी उद्योग सञ्चालन गरिएको छ । एक करोड ४० लाख रुपैंयाँ लगनीमा स्थानीय ५० जना उद्यमीले सिद्धलक्ष्मी बेकरी उद्योग सञ्चालन गरेका हुन् ।  जिल्लाकै उत्पादनलाई बिस्तार गरेर आर्थिक समृृद्धि प्राप्त गर्ने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बैंक चोकमा बेकरी उद्योग...
खोटाङ भदौ–३, ज्यान मार्ने उद्योगमा पक्राउ परेका खोटाङका दुई आरोपितमध्ये एक जना पाँच लाख रुपैंयाँ धरौटीमा छुटेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का कर्ण राईमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोपमा पक्राउ परेका सोही नगरपालिकां–५ का वडा सचिव गोपिकृष्ण बस्नेत जिल्ला अदालतलाई पाँच लाख रुपैंयाँ धरौटी बुझाएर आइतबार...
खोटाङ, २३ साउन (रासस) । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ । गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजमा सहजता दिलाउन सात वडा रहेको गाउँपालिकाको सबै वडामा इन्टरनेट जडान गरिएको हो । भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा गाउँपालिकाको याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे, स–छितापोखरी,...
खोटाङ साउन–१४, थुलुङ भाषा पाठ्यक्रम निर्माणको लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । पाठ्यक्रम निर्माणको लागि आर्थिक अभाव झेलिरहेको थुलुङ राई भाषा पाठ्यक्रम बिकास केन्द्रलाई सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।  थुलुङ राई भाषाको पाठ्यापुस्तक, शव्दकोष, व्याकरण प्रकाशन एबं बाल गीत तयार पार्ने क्रममा आर्थिक समस्यामा परेको...
खोटाङ साउन–१३, खोटाङमा फरार आरोपितका बिषयलाई लिएर प्रहरीले आफुहरुलाई यातना दिएको भन्दै  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका बुद्धिराज राई र समृत राईले मानव अधिकार आयोगमा प्रहरी बिरुद्ध उजुरी दिएका छन् । कुटपिट, लुट र जबरजस्ती करणी गरेको आरोपमा निसान राई फरार भएपछि आफुहरुलाई पक्राउ गरेर प्रहरीले यातना दिएको भन्दै...
खोटाङ साउन–१३,  खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका मुटुरोगी पासाङ तामाङलाई ७ लाख ३० हजार आर्थिक सहयोग प्राप्त भएको छ । मुटुको समस्या देखिएपछि काठमाण्डौंको बाँसबारीस्थित सहिद गंगालाल अस्पताल काठमाडौंमा उपचार गराइरहेका २० वर्षीय तामाङको सहयोगार्थ सञ्चालन गरिएको ‘पासाङ तामाङ बचाउ अभियान’मार्फत उक्त रकम संकलन भएको हो ।  मुटुको भल्व फेर्नुपर्ने भएपछि...
काठमाडौं १२ साउन । सरकारले खोटाङका टीकाबहादुर राईका परिवारलाई एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रीपरिषदको १० साउनमा बसेको बैठकले राईको परिवारसहित सिन्धुपाल्चोकका राजकुमार तामाङ, मधु ताजपुरियालाई प्रति व्यक्ति १ लाख ५० हजारका दरले उपलब्ध गराउने निर्णय गरेको हो । राष्ट्रिय मानवअधिकार आयोगले अज्ञात अवस्थाका तथा मृतकका...
खोटाङ असार–११,  खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्ड स्तरोन्नति कार्य भईरहेको छ । नगरको ६ नम्बर वडा नेर्पामा रहेको भुलभुले दूधकुण्ड परिसरको पोखरी, प्रवेशद्वार, पाँच धारा, बाटो, स्तम्भ, शौचालय लगायत निर्माण शुरु गरिएको हो ।  भुलभुलेमा प्राकृतिक रुपमा उम्रिएको पानीको ठूलो मुहान र सोही...
खोटाङ ३१ जेठ । सरकारले जिल्लाका सबै एनजिओ तथा आइएनजिओलाई संस्था नविकरण गर्दा कार्यसमिति सदस्यहरुको काम र सम्पत्ति विवरण अनिवार्य बुझाउनुपर्ने गरी सूचना जारी गरेको छ ।  गृहमन्त्रीको रामबहादुर थापाको अध्यक्षतामा जेठ २४ गते बसेको बैठकले गरेको निर्णय अनुसार खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एनजिओ तथा आएनजिओका नाममा सूचना...
खोटाङ, जेठ २८– विपद जोखिम न्यूनीकरणका लागि खोटाङमा सवलीकरण कार्यक्रम सञ्चालन गरिएको छ । जनसेवा समाज नेपाल जालपा र सबल परियोजनाको साझेदारीमा सञ्चालन भइरहेको विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन कार्यक्रम अन्तरगत सोमबार विपद व्यवस्थापन समितिका लागि सबलीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।  जिल्लामा क्रियासिल विपद व्यवस्थापन समिति तथा...