Home गतिविधि

गतिविधि

खोटाङ पुष–८, लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दिक्तेलले तीन करोड रुपैंयाँ बढी निक्षेप संकलन गरेको छ । संस्था स्थापना भएको तीन वर्षको अवधिमा तीन करोड ९५ लाख, ५८ हजार १ सय ५५ रुपैंयाँ निक्षेप संकलन गरेको हो । दुई लाख रुपैंयाँ शेयर पुँजीबाट शुरु...
खोटाङ पुष–५, खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाका वृद्धवृद्धाको लागि निःशुल्क यातायात सेवाको व्यवस्था गरिएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सडक यात्राका क्रममा निःशुल्क सेवा दिने उद्देश्यले गाउँपालिकाले यातायात सेवा परिचयपत्र वितरण गरेको हो । दिक्तेल र दिप्रुङ गाउँपालिकाको पञ्चमीबजारसम्म यात्रुबाहक सवारीसाधन...
खोटाङ, मंसिर २९– जन्ती जाँदा बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई मृत फेला परेका छन् । मंसिर २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालि–७ देर्पाचिउरीडाँडा दुम्लीमा जन्ती गएका राई शनिबार मृत फेला परेका हुन् । मंसिर २६ गते बिहानदेखि सम्पर्क बिहिन भएपछि...
खोटाङ २५ मंसिर । जनताको सुरक्षा दिने प्रहरीबाट नै खोटाङमा एक बालिकामाथि यौन दुर्व्यवहार भएको छ । जालपास्थित प्रहरी चौकीका असई रमेशकुमार बस्नेतले एक बालिकामाथि यौन दुर्व्यवहार गरेका हुन् । गत १८ गते दिउँसो भएको यौन दुर्व्यवहार सम्बन्धी घटनाको मुद्धा सोमबार ‘बाल यौन दुरुपयोग’ अन्तर्गत दर्ता भएको...
खोटाङ । खोटाङ सदरमुकाम दिक्तेलस्थित रत्नपार्कका आगलागी पीडितलाई खोटाङ उद्योग वाणिज्य संघले झण्डै ३ लाख राहत रकम प्रदान गरेको छ । आगलागी भएकै दिन १० हजार रुपैयाँ प्रदान गरेको संघले विपद व्यवस्थापन राहत कोषमार्फत २ लाख ९१ हजार सोमबार प्रदान गरेको हो । संघले रत्नपार्कका कृष्णकुमार श्रेष्ठलाई भने ३ लाख १...
खोटाङ ६ कात्तिकमा बा ३ ख ८९८० नम्बरको बस निर्मलीडाँडाबाट ब्वालुङ आइपुग्दा बसभित्र खुट्टा टेक्ने ठाउँ थिएन । छतमा समेत मान्छे कोचाकोचा थिए । प्रशासनले अनुगमन नगर्दा बसहरुमा भेडाबाख्रा जस्तै मान्छे खादिएका थिए । त्यहीँ बसका लागि ब्वालुङमा एक वृद्धासँगै थुप्रैले टिकट काटेका थिए । युवा र वयस्कहरु कोही छतमा त...
खोटाङ २७ असोज ।  युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले तस्कार र अपराधीसँग मोर्चा निर्माण गरेर कांग्रेसले सरकारको विरोध गरिरहेको आरोप लगाएका छन् । दशैं र तिहार लगायत पर्वको अवसरमा नेकपा हलेसी तुवाचुङ नगर कमिटीले शनिबार दुर्छिममा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । पौडेलले समृद्धिको अभियान तुहाउने...
काठमाडौं २५ असोज । नेपाली कांग्रेसका खोटाङ जिल्ला सभापति नरेश कुमार श्रेष्ठ र खोटाङ सेवा समाजका अध्यक्ष राकेश राईबीच नेपालीहरुको चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नै दोहोरी चलेको छ । सभापति राईले शुभकामना मन्तव्य दिने क्रममा खोटाङ सेवा समाजमाथि गम्भीर प्रश्न उठाएपछि प्रतिवाद र प्रतिउत्तर दिने क्रममा दुईबीच दोहारी...
खोटाङ २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले दशैं, तिहार, छठ, नेपाल सम्वत्, उधौली लगायत नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नेकपाले बुधबार पार्टी कार्यालय दिक्तेलमा शुभकामना कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेकपाका नेता टंक राईसहित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,...
असोज–१९, खोटाङमा बढ्दो महिला हिंसा, बलात्कार तथा हत्या जस्ता घटना न्यूनिकरणका लागि प्रहरीले ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ । महिला हिंसा, बलात्कार र हत्या, वालविवाह जस्ता घटना दिनानुदिन बढिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक बिकास सेवा केन्द्रले दिक्तेलस्थि सरस्वती माबिमा ‘स्कुल सम्पर्क’ कार्यक्रम अन्तरगत सचेतना जगाएको...