काठमाडौं ५ पुस । खोटाङ साकेला गाउँपालिका २ का अगम राईको काठमाडौंदेखि खोटाङ जाने क्रममा सुमो गाडीबाटै करिब ३ लाख ५० हजार नगद र ५ लाख बराबरको गरगहना हराएको छ । काठमाडौंबाट ना १ ज ५०२६ नम्बरको सुमोमा यात्रा गर्ने क्रममा हुटमा राखिएको सुटकेससहित उनको ३ लाख ५२ हजार नगद...
खोटाङ माघ–२, २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा खोटाङमा कृत्रिम भूकम्प अभ्यास प्रदर्शन गरिएको छ । दिवसको अवसर पारेर बुधबार जिल्लाको दिक्तेलवजारस्थित माटिकोरेमा कृत्रिम भूकम्प अभ्यास प्रदर्शन गरिएको हो । भूकम्प, भूकम्पले पु¥याउने क्षती तथा त्यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका बिषयमा सर्वसाधारणलाई जानकारी गराउने उदेश्यले दिक्तेलमा कृत्रिम भूकम्प अभ्यास प्रदर्शन...
खोटाङ २९ पुस । हेलो मिडिया प्रा.लिद्धारा सञ्चालित हाम्रोखोटाङ डटकमको सम्पादकमा रामधन राई नियुक्त भएका छन् । यसअघि कार्यकारी सम्पादकका रुपमा रहेका रामधनलाई सञ्चालक समितिको २६ पुसमा बसेको बैठकले सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको थियाे । सञ्चालक समितिको निर्णय अनुसार २९ पुसदेखि लागू हुने गरी सुचना विभागमा उनको नाम सम्पादकको...
खोटाङ, पुस २८– प्रगतीशिल लेखक संघ नेपाल खोटाङको अध्यक्षमा चित्र सुबेदी चयन भएका छन् । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा भएको तेश्रो जिल्ला अधिबेसनबाट सुबेदी प्रगतीशिल लेखक संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । १७ सदस्यीय प्रगतीशिल लेखक संघको उपाध्यक्षमा मिनकुमार दाहाल, सचिवमा लोकेन्द्र राई, सह–सचिवमा सिता थुलुङ र...
खोटाङ २८ पुस । बाल सेवा समाज नेपालले महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलताका लागि परियोजना सुरु गरेको छ । क्रिश्चियन एड (केड) नामक संस्थाको सहयोगमा परियोजना सुरु भएको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार प्रदेश (ख) का साँसद रामकुमार राई पासाङले उद्धघाटन गरे । परियोजनाको...
काठमाडौं २६ पुस । उषाकला राई– प्रदेश नम्बर १ की सांसद अर्थात पूर्व संविधानसभा सदस्य । खोटाङको खाल्डेमा जन्मनु भएकी उहाँलाई अहिले मातृ शोक परेको छ । ७५ वर्षको उमेरमा उहाँकी ममतामयी माता लक्ष्मी राईको बुधबार निधन भएको हो । आमाको निधनपछि उहाँ आफैं अहिले किरियापुत्री बसीरहनु भएको छ...
खोटाङ। जिल्लाका सबै स्थानीय तहमा बैंक पुगेको छ । बैंक स्थापना भएपछि आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता पनि हटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका सबै स्थानीय तहमा विभिन्न बैंकका शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेल बजार धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र...
विशाल भट्टराई सा‌सद, प्रतिनिधिसभा पुरा हुँदै -एउटा अस्पताल बनाउने सपना । यो (तस्वीरमा देखिएको ठाउँ) दक्षिण खोटाङको एउटा महत्त्वपूर्ण ठाउँ हो- चिसापानीबजार । राज्यको पुनर्संरचनाको बहस जिल्लामा चर्काेगरी हुदैगर्दा जन्तेढुङाको केन्द्र कहाँ हुने भनेर कहिलै कसैले विवाद निकालेन। सर्वसम्मत- चिसापानी। बीसौं बर्षदेखी त्यहाँ प्राथमिक स्वास्थ्य केन्द्र चल्यो, त्यसै भेगका नेता ठुलो ठुलो ठाउँमा पुग्नुभो...
खोटाङ १८ पुस । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनले संवैधानिक व्यवस्था अनुसार निःशुल्क शिक्षा कार्यान्वयन गर्न माग गरेको छ । नेविसंघ खोटाङले नागरिकको माध्यमिक तहसम्मको अनिवार्य र निःशुल्क शिक्षाको अधिकार कार्यान्वयन गर्न माग गर्दै सिडिओमार्फत सरकारसँग माग गरेको हो । सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले आधारभूत तहसम्मको...
खोटाङ । जिल्लामा शुक्रबार हल्का वर्षा उच्च भेगमा हिमपात भएसँगै जाडो बढेको छ । जाडो भने अझै बढेर जाने देखिएको छ । मौसम अनुमान गर्ने अन्तराष्ट्रिय विभिन्न संस्थाहरुको तथ्यांक अनुसार मुलुकका विभिन्न भागमा जस्तै खोटाङमा पनि जाडो बढ्ने देखिएको हो । खोटाङमा शनिबार करिब ६ बजेको तापक्रम करिब ९ डिग्री सेल्सियस...