साउन–१४, बहुलाहा स्यालको टोकाइबाट खोटाङमा पाँच जना घाइते भएका छन् । बुहुलाएर जथाभावी हिँडीरहेको स्यालको टोकाइबाट दोर्पाचिउरीडाँडा–५ का ७८ वर्षीय थरप्रसाद खनाल, २७ वर्षीया शुसिला खनाल, २१ वर्षीया रञ्जु खनाल, २७ वर्षीया सुनिता खनाल र दोर्पाचिउरीडाँडा–१ का १३ वर्षीय सन्देश राई घाइते भएका हुन् । घाइतेमध्ये गम्भिर बिरामी बनेका थरप्रसाद,...
खोटाङ, असोज १२,  गैर–सरकारी संस्था महासंघ खोटाङको अध्यक्षमा बिमलकाजी श्रेष्ठ चयन भएका छन् । सदरमुकाम दिक्तेलमा सोमबार साँझ सम्पन्न महासंघको पाँचौं अधिबेसनले श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।  उनी यसअधि महासंघको सचिवको भूमिका सम्हाल्दै आएका थिए । निर्वाचन कमिटिले सचिव र कोषाध्यक्षको स्थान खाली राखेर महासंघको १३ सदस्यीय समितिको नामावली...
सुन्दर खोटाङ ! समुन्द्रि सतह देखि १ सय ५२ देखि ३ हजार ६ सय २० मिटरमा अवस्थित छ ।  क्षेत्रफलको हिसावले  १ हजार ५ सय ५१ वर्ग किलोमिटर फैलिएको छ । करिब २ लाख ५० हजार विविध जातजातीको फूलबारी हो खोटाङ । तीन वटा यरपोर्ट रहेको खोटाङ आइपुग्न काठमाण्डौबाट आधा घण्टा...
खोटाङ, माघ । आगामी शैक्षिकसत्रदेखि खोटाङका मावि तथा निमाविगरि ९९ विद्यालयमा ईन्टरनेटसहितको कम्प्युटर कक्षा सञ्चालन हुने भएको छ । आधुनिक प्रविधिसँग जोडेर कक्षा सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयले यस वर्ष जिल्लाका ६० वटा मावि र ३९ निमाविलाई ईन्टरनेट सहितको कम्प्यूटर व्यवस्था गर्न रकम वितरण गरेको हो । शिक्षा विभागको...
साउन–१५, खोटाङ सेवा समाज दोहा कतारले एसएलसी परीक्षामा जिल्ला प्रथम हुने दुई परीक्षार्थीलाई सम्मान गरेको छ । सामुदायिक विद्यालयबाट सबैभन्दा बढी अंक ल्याएर जिल्ला प्रथम हुने खार्मी–२ का खजिन्द्र गुरुङ र दिक्तेल नगरपालिका–३ का विनोद आचार्यलाई नगद रु २०/२० हजारको साथमा प्रशंसा–पत्रले सम्मान गरेको हो । गुरुङ वि.सं.२०७० सालको एसएलसीमा...
असार १४ । शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा समेत खोटाङमा पर्याप्त मात्रामा पाठ्यापुस्तक आइपुगेको छैन । बैशाखको सुरुमै आइपुग्नुपर्ने पुस्तक जनक शिक्षा सामाग्री केन्द्रको ढिलासुस्तीका कारण हालसम्म आइपुग्न नसकेको हो ।  जनक शिक्षा सामग्री केन्द्रले जिल्लामा अझै २८ हजार थान पाठ्यपुस्तक नपठाएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताउनुभयो...
असोज । खोटाङको च्यास्मीटारका स्थानीय युवा समुहले जाँड रक्सी बेचबिखन तथा सेवन नगर्न आव्हान गरेको छ । च्यास्मीटार–४ दाल्फु क्षेत्रमा जाँड रक्सी बेचबिखन तथा सेवनमा रोक लगाएको घोषणा गरेको स्थानीय सिर्जनात्मक एकता युवा समुहले सार्वजनिक सुचना टाँस गरी मादक पदार्थ बिक्रीवितरण तथा सेवन नगर्न आव्हान गरेको हो । जाँडरक्सीको...
जेठ १६ । पहिलोपल्ट तिलुङ राई भाषाको बर्ण निर्धारण तथा पहिचान गरिएको छ । खोटाङ र उदयपुरका तिलुङ भाषी बुढापाकाहरुलाई ललितपुरको जावलाखेलमा भेला गरेर तिलुङ भाषाको स्वर बर्ण र व्याञ्जन बर्ण पहिचान तथा निर्धारण गरिएको हो । बुढापाकाको अन्त्यसँगै संकटमा परेको भाषा संरक्षणकालागि बुढापाकाहरुलाई सोधेर तिलुङ भाषाको वर्णहरु निर्धारणका...
बैशाख–५, खोटाङमा हावाहुरीले विद्यालयको छाना उडाउँदा दश लाख बढिको क्षति भएको छ । खार्मी–५ स्थित जालपा निमावि बाँझोबारीको विद्यालय भवनको छाना उडाउँदा दश लाख बढिको क्षति भएको हो ।  शुक्रबार बिहान चलेको हावाहुरीले एल आकारको चार कोठे, दुई कोठा भएको दुई तले विद्यालय भवनको छाना उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...
माघ–१५, धेरैलाई लाग्छ, परदेसिएका युवा सम्पत्ती कमाउनमा मात्र तल्लिन हुन्छन्, उनीहरु सँधै व्यक्तीगत सुख शयलका लागि मात्र पसिना बगाइरहन्छन् । तर हैन, कतिपय युवा बिदेशीभूमीमा साहित्य सिर्जनामा पनि उत्तिकै क्रियासिल छन् । दिनभरको काम अनि थकानबाट बचेको समयमा साहित्यीक सिर्जनामा लागेका कैयौं युवाको उदाहरणहरु छन् । रोजगारीका सिलसिलामा मलेसिया,...